ग्लोबल आइएमई क्यापिटल सर्वोत्तम सिमेन्टको आइपिओ बिक्री प्रवन्धकमा नियुक्त



काठमाडौं । सर्वोत्तम सिमेन्टको आइपिओ (साधारण शेयर) बिक्रि गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त भएको छ । काठमाडौँमा बुधबार कार्यक्रम गरी कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको हो ।

साथै कम्पनीले प्रभु क्यापिटल र एनआइबिएल एस क्यापिटललाई सहायक बिक्री प्रबन्धक समेत नियुक्त गरेको छ । सम्झौता पछिको पत्रकार सम्मेलनमा कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशत ६० लाख कित्ता बराबरको आइपिओ बिक्रि गर्न लागेको बताएको छ ।

हाल कम्पनीको ३ अर्ब ४० करोड रुपियाँ चुक्ता पुँजी रहेको छ । बुक विल्डिङ विधिमार्फत् बिक्रि हुने आईपीओको न्यूनतम मूल्य ७५० रुपैयाँ तय गरिने कम्पनीले जानकारी दिएको छ । सर्वोत्तम सिमेन्टले बुक विल्डिङको माध्यमबाट आईपीओ जारी गर्ने तयारी गरेको छ ।

नेपालमा बुक विल्डिङको माध्यमबाट आईपीओ जारी गर्ने सर्वोत्तम सिमेन्ट पहिलो कम्पनि बन्नेको छ । कम्पनीको ६० लाख कित्ता आइपीओ मध्ये २४ लाख कित्ता सेयर संस्थागत लगानीकर्ताका लागि र बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गलैँचाको कच्चा पदार्थ आयातमा छुट दिन व्यवसायीको माग

  काठमाडौँ  । गलैँचाको कच्चा पदार्थ आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) छुटको माग

निजी क्षेत्रलाई अख्तियारको दायरमा ल्याउँदा लगानी निरुत्साहित हुन्छः चेम्बर

काठमाडौं । निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रस्तावित विधेयकका प्रावधान सच्याउन नेपाल चेम्बर

१६ लाख पर्यटक ल्याउने सरकारको लक्ष्यअनुसार काम गर्छुः सीइओ जोशी

काठमाडौँ । सन् २०१९ मा करिब १२ लाख विदेशी पर्यटक नेपाल आउँदा नेपाल

नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम पनि घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार दोहोरो अङ्कले ओरालो