काली मार्सी चामल जापानी बजारमा



खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक छ लाख रुपैयाँ भन्दा बढीका ती सामग्री जापान निर्यात भएको छ । अग्र्यानिक्स एण्ड सुपरफुडका सञ्चालक राज शाहीले तीन टन मार्सी र सिमी निर्यात गरेका हुन् ।

व्यावसायिकरूपमा कर्णालीका खाद्य पदार्थ अन्तररष्ट्रिय बजारमा पुर्याउने लक्ष्यका साथ पहिलोपटक ती सामग्री निर्यात भएको उनले जानकारी दिए । उलने भने, “टोकियोमा रहेको पूर्ण ट्रेडिङका सञ्चालक भुवन श्रेष्ठको समन्वयमा एक टन मार्सी चामल र मासको दाल, दुई टन सिमी र १० किलो स्याउको चाना निर्यात गरिएको छ ।” कर्णालीका खाद्य पदार्थ व्यावसायिकरूपमा निर्यात भएको यो पहिलोपटक रहेको स्थानीयवासी बताउँछन् । निर्यात भएसँगै जुम्ली मार्सी र सिमीका माध्यमबाट नेपाल नाम अन्तर्राष्ट्रिय बजारमा आफूलाई चिनाउन सफल भएको छ ।

बीस टन जुम्ली मार्सी सिमी क्यानडा पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । पन्ध्र टन मार्सी, चार टन सिमी तथा एक टन हरियो केराउ र कोदो गरेर क्यानडामा माग भएको सञ्चालक शाहीले बताए । क्यानडास्थित लायम फुड कर्पोरेशनका डा पूर्ण कँडेलका समन्वयमा ती वस्तु निर्यात गर्न लागिएको छ ।

ती सामानमा ‘कर्णाली सुपरफुड’ प्रतीक चिह्न हुने सुपरफुडले जनाएको छ । अहिले प्याकेजिङ भइरहेको छ । क्यानडा सामान पठाउन भने केही अप्ठ्यारो भएको उनले बताए । “जापानको लागि स्ट्याण्डर्ड नचाहिने रहेछ, हामीले यहाँबाट सामान पठाएपछि उनीहरूले नै प्याकिङ गर्छन् र बजार पठाउँछन्”, उनले भने, “क्यानडामा हामीले यहाँबाट नै प्याकिङ गरेर पठाउने भएकाले निकै गाह्रो भइरहेको छ ।”

काठमाडौँको नयाँ बानेश्वरमा रहेको ‘जुम्ला घर अग्र्यानिक्स’मा कर्णालीमा उत्पादित स्याउ, सिमी, लसुन, दाल, ओखर, मार्सी चामल, कोदोको पिठो, जिम्बु, आयुर्वेदिक चिया , चिनो, कागुनो र टिमुर उपलब्ध रहेको सञ्चालक शाहीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आर्थिक गतिविधिमा आएको समस्याका कारण बैंकिङ प्रणालीको कर्जा असुली दबाबमाः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकको २०८० साल

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

बजेटमा कर्णाली प्रदेशलाई विशेष प्राथमिकतामा राख्न अर्थमन्त्रीसँग मुख्यमन्त्री कँडलको माग

  काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीय सरकारका अर्थमन्त्री वर्षमान

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ