भारतीय आयल निगमले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची



काठमाडौं । भारतीय आयल निगम (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो ।

आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा ४.२०, डिजेलमा ४.०७ रुपैयाँ, मट्टितेलमा ४.६५, हवाई इन्धनमा ४.०६ तथा ग्यासमा प्रतिसिलिन्डर ९१.९६ रुपैयाँ मूल्य बढेर आएको निगमले जनाएको छ ।

फेब्रुअरी १६ मा आइओसीबाट प्राप्त मूल्य सूचीअनुसार नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर ११४, डिजेल र मट्टितेलको मूल्य ९७ तथा आन्तरिक हवाई इन्धनको मूल्य ६७ रुपैयाँ तथा बाह्य हवाई इन्धनको प्रति किलोलिटर ८६८ अमेरिकी डलर र एलपी ग्यासको मूल्य एक हजार ४०० रुपैयाँ तोकिएको छ ।

उक्त मूल्यमा पेट्रोलियम पदार्थ बेच्दा पाक्षिक रुपमा एक अर्ब ५४ करोड घाटा हुने निगमले प्रक्षेपण गरेको छ । आइओसीले नेपाल आयल निगमलाई प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखका दिन नयाँ मूल्यसूची पठाउँदै आएको छ । सोही मूल्यका आधारमा निगमले मूल्य समायोजन गर्दै आएको छ ।

नयाँ मूल्य सूचीअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १०.०६, डिजेलमा ८.२२, रुपैयाँ मट्टितेल नोक्सान हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र काठमाडौं विश्वविद्यालयबीच सम्झौता

काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) सँग ग्रीन हाइड्रोजन उत्पादनका लागि नुवाकोटको

चैतसम्म वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौँ । चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख

तातोपानी भन्सारबाट तीन हजार पाँच सय टन रासायनिक मल काठमाडौँ ढुवानी

सिन्धुपाल्चोक । चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ धमाधम ढुवानी