सुनको मूल्य तोलामा चार सय रुपैयाँले उकालो लाग्यो



काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बृद्धि भएको छ । अघिल्लो सातादेखि ओरालो लागेको सुनको मूल्य आइतबार पनि ओरालो नै लागेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तय गरेको मूल्यसूचीअनुसार सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको छ । प्रतितोला ८८ हजार ३०० रुपैयाँमा आइतबार कारोवार भएकोे छापावाला सुन आज भने ८८ हजार ७०० रुपैयाँ मूल्य कायम भएको छ ।

त्यसैगरी तेजाबी सुनको मूल्य आइतबार प्रतितोला ८७ हजार ८५० हजार रुपैयाँमा कारोवार भएकामा आजका लागि ८८ हजार २५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । तोलामा एक हजार ३२५ रुपैयाँमा आइतवार कारोवार भएको चाँदी आजका लागि भने पाँच रुपैयाँले वृद्धि भई एक हजार ३५० रुपैयाँ मूल्य निर्धारण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल

काभ्रेपलाञ्चोक । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वातावरणीय सन्तुलनबाट कायम गरेर गरिने आर्थिक वृद्धिदर दिगोपना

समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग

काठमाडौं । लुम्बिनी विकास कोषअन्तर्गतका परियोजनामा काम गरिरहेका निर्माण व्यवसायीहरुले समयमै भुक्तानीको माग

रसुवाको हिमाली क्षेत्रमा पर्यटक लोभिदै

रसुवा । रसुवास्थित हिमाली दृष्य अवलोकनका लागि आन्तरिक एवं बाह्रय पर्यटकको आगमन वृद्धि

महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छः अध्यक्ष ढकाल

ललितपुर । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घकै सक्रियता र निरन्तर