ज्योति लाइफले फागुन २३ गतेदेखि आइपिओ निस्कासन गर्ने



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले यही फागुन २३ गतेदेखि साधारण शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले १०० का दरले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । तीमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषलाई र तीन लाख ३३ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ ।

बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आइपिओका लागि फागुन २८ गतेसम्म आवेदन दिन सकिनेछ । आइपिओ निष्काशनका लागि एनएमबी क्यापिटल बिक्री प्रबन्धक रहेको छ । आइपिओ बिक्री तथा वितरणपश्चात् कम्पनीको चुक्ता पूँजी दुई अर्ब २० करोड पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनकामना केबलकार सोमबारदेखि पुनः सञ्चालनमा आउँदै

काठमाडौं । मनकामना केबुलकार मर्मत सम्भार पश्चात् एक दिनअगावै अर्थात् आगामी सोमबारदेखि पुनः

तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइमा भूपाल आले निर्वाचित

दमौली । तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइको अध्यक्षमा भूपाल आले निर्वाचित

इमर्जिङ नेपालले साधारण शेयर बिक्री गर्ने

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले साधारण शेयर बिक्रीका लागि निष्काशन तथा बिक्री प्रबन्धक