तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं । सुनको मूल्य बिहीबार प्रतितोला एक हजार ३०० रुपैयाँले ओरालो लागेको छ । पछिल्ला केही दिनमा लगातार उकालो लागेको सुनको मूल्यमा बिहीबार भने एकै पटक ठूलो मात्रामा ह्रास देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँमा बिक्री गर्ने गरी मूल्य निर्धारण गरेको छ । यो बुधबारका तुलनामा एक हजार ३०० रुपैयाँले कम हो । छापावाला सुन बुधबार प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोही सुन बुधबार तोलामा ९६ हजार २०० रुपैयाँमा कारोवार भएको थियो । तेजाबी सुन बुधबारका तुलनामा आज तोलामा नै एक हजार ३०० रुपैयाँले घटेको छ ।

यस्तै चाँदी भने तोलामा १० रुपैयाँले मात्रै ओरालो लागेको छ । प्रतितोला एक हजार ३४० रुपैयाँमा बुधबार कारोवार भएको चाँदी आज भने एक हजार ३३० रुपैयाँमूल्य निर्धारण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टेलिकमको लकडाउन अफर

काठमाडौं । यही वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लासहित अधिकांश जिल्लामा निषेधाज्ञा

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर तथा प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर

नौ महिनामा सात खर्ब २९ अर्ब विप्रेषण भित्रियो

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा कूल सात खर्ब २९ अर्ब दुई

महासंघद्वारा ‘एफएनसीसीआई कोभिड–१९ हेल्प डेस्क’ स्थापना

काठमाडौं । बढ्दो कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गरी आमसर्वसाधारणको जीवन रक्षार्थ सहयोग