हिमालय बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम वार्षिक साधारणसभा सम्पन



पोखरा । कास्कीको मादी गाउँपालिका वडा नम्बर १२ को ग्रामीण भेगमा रहेको हिमालय बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम साधारणसभा शनिबार लिपेयनीमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष कृष्णराज दाहालको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा संस्थाका उपाध्यक्षमा कृष्णचन्द्र बरालले शुभकामना मन्तव्य दिएका थिए भने संस्थाका सदस्य मिलन ढकालले सहकारीका सात सिद्धान्त प्रस्तुत गरेका थिए । संस्थाका गतिविधि तथा आगामी कार्यक्रमको समीक्षा गर्दै सल्लाहकार बृहस्पति अधिकारीले ग्रामीण भेगमा बामे सर्दै गरेको संस्थाले यसै ठाउँको समग्र विकास तथा कृषिमा आधुनिकता सुरु गर्दै गर्दा सम्पूर्ण किसान र स्थानीय बासिन्दाले गोलबन्ध भई सकारात्मक सोचका साथ र सहयोग दिनुपर्ने बताए ।

कार्यक्रममा संस्थाका शिक्षा समिति सयोजक सत्यराज बराल र सल्लाहकार खेम बहादुर गुरुङले संस्थाले हालसम्म यो क्षेत्रमा उलेख्य काम गरेको बताए । कार्यक्रममा सस्थाका अध्यक्ष कृष्णराज दाहालले सस्थाको गतिबिधि र आगामी कार्यनीति तथा लेखा समिति सयोजक सन्तोष ढकाल र कोषाध्यक्ष लोककुमारी बरालले गत आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदन तथा प्रस्तावित आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गरेका थिए ।

१८२ शेयर सदस्य रहेको संस्थामा आगामी बर्ष तीन सय भन्दा बढी शेयर सदस्य थप्ने र कृषिमा व्यवसायीकरण गर्दै लगानी बढाउने लक्ष्य रहेको छ । कोभिड १९ को सम्बन्धमा नेपाल सरकारले जारी गरेको मापदण्डमा रहेर आयोजित कार्यक्रम सस्थाका सचिव वीरेन्द्र पौडेलले संचालन गर्नु भएको सस्थाका कर्मचारी मनोज बरालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंक र आईएफसीबीच जोखिम व्यवस्थापन सेवासम्बन्धी समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग

काठमाडौँ । उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी मान्यता दिन माग गरेका छन्

सरकारले तोक्यो चैते धानको मूल्य

काठमाडौँ ।  सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ ।  मन्त्रिपरिषद्को बिहीबारको बैठकले

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

  काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार भने उकालो