काठमाडौं-तराई द्रुत मार्गमा अप्टिकल फाइबर बिछ्याइने



काठमाडौं । नेपाल टेलिकम र काठमाडौँ–तराई–मधेश द्रुत सडक आयोजनाबीच अप्टिकल फाइबर बिछ्याउन सम्झौता भएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन द्रुत मार्गमा अप्टिकल फाइबर बिछ्याउने प्रावधानसहित पुस १० गते शुक्रबार एक सहमति भएको टेलिकमले जनाएको छ ।

राजधानीलाई मधेशसँग जोड्ने तुलनात्मकरुपमा निकै छोटो (७२.५ किलोमिटर) सडकमा विभिन्न प्याकेजमा चरणगत रुपमा निर्माण हुने दु्रत सडक आयोजना निर्माणका क्रममा नै अप्टिकल फाइबरसँग सम्बन्धित ठेक्का समावेश गरी आवश्यक संरचना निर्माण गर्दै जाने व्यवस्था सम्झौतामा उल्लेख भएको टेलिकमले जनाएको छ ।

टेलिकमका प्रवक्ता राजेश जोशी फाइबर बिछ्याउन लाग्ने आर्थिक व्ययभार र अप्टिकल फाइबर बिछ्याउने कार्यको प्राविधिक सुपरभिजनलगायत कार्य कम्पनीका तर्फबाट निरन्तर हुने बताउँछन् । उनका अनुसार अत्यन्त तीव्र गतिमा निकै ठूलो परिमाणमा डाटा आदानप्रदान गर्न सकिने अप्टिकल फाइबर प्रविधि जडानका लागि जमीन खन्ने, पाइप बिछ्याउने र त्यसमा केवल राख्नेलगायत कार्य हुनेछ ।

दुई पक्षीय सम्झौतामा नेपाल टेलिकमका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र दु्रत मार्ग सडक आयोजनाका तर्फबाट आयोजना प्रमुख प्राविधिक सहायकरथी विकास पोखरेलले हस्ताक्षर गरेका थिए । आगामी आर्थिक वर्ष २०८०/८१ सम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ नेपाली सेनाले दु्रत मार्ग निर्माण गरिरहेको छ । ७२.५ किलोमिटर लम्बाइ रहेको उक्त आयोजनामा तीन स्थानमा सुरुङ मार्ग निर्माण, विभिन्न स्थानमा १०.५९ किलोमिटरका पुलहरु निर्माणलगायत काम रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कालीमाटी तरकारी बजार बन्द

काठमाडौं । पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशभर कोरोना सङ्क्रमतिको सङ्ख्यामा वृद्धि भएको भन्दै

गोल्छा समूहद्वारा प्रतिष्ठानलाई एक करोड सहयोग

काठमाडौं । गोल्छा समूहले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचार प्रभावकारी बनाउन

निर्माण आयोजनाको म्याद एक वर्ष थप गर्न निर्माण व्यवसायीको माग

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घले कोरोना भाइरसको नयाँ भेरिएन्टका कारण जारी निषेधाज्ञाले

उद्योग वाणिज्य महासङ्घले सुरु गर्यो अपरेशन कोभिड रिलिफ नेपाल अभियान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिड–१९ को महामारीबाट आक्रान्त सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई