सिरहाका होटल र रेष्टुराँको वर्गीकरण शुरु



सिरहा । सिरहाका होटल तथा रेष्टुराँको वर्गीकरण गरी खाद्य स्वच्छता र स्तरोन्नतिका लागि स्टिकर टाँस्ने अभियान शुरुआत गरिएको छ । खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन राजविराज र खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन प्रदेश २ कार्यालय जनकपुरले संयुक्त रुपमा अभियान शुरु गरेका हुन् ।

अभियानको पहिलो दिन सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको नेतृत्वमा लहानस्थित १७ वटा होटल तथा रेष्टुराँको अनुगमनपश्चात् स्तरीकरणको स्टिकर टाँस गरेको डिभिजन कार्यालय राजविराजका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिए ।

लहानस्थित स्माइली होटल र अर्चिड क्याफे होटललाई उत्तम वर्ग (ख) वर्गको स्टिकर टाँस गरिएको छ भने विशाल, गोधुली, इस्ट पोइन्ट, मारुती होटललगायतमा सन्तोषजन वर्ग (ग) को स्टीकर टाँस गरेको प्रमुख सिंहले उहाँले बताउनुभयो । ती होटल र रेष्टुराँका सञ्चालकलाई खाद्य स्वच्छता र सरसफाइबारे आवश्यक तालीमसमेत दिइएको थियो ।

होटल तथा रेष्टुराँ सञ्चालकले खाद्य स्वच्छता र सरसफाइ व्यवहारमा लागू गरे/नगरेको जाँच गरेर स्तरीकरणको स्टिकर टाँस गरिएको प्रमुख सिंहको भनाइ छ । खाद्य स्वच्छता, सरसफाइ, भण्डारण, भान्साघर, फोहोरमैला व्यवस्थापनलगायतका विषयको स्थलगत अनुगमनपश्चात् तत्कालै स्तरीकरणको स्टिकर टाँस गर्दै प्रमाणपत्रसमेत उपलब्ध गराइएको थियो ।

अनुगमन तथा स्तरोन्नति टोलीमा घरेलु तथा साना उद्योग कार्यालय सिरहाका प्रमुख दीपेन्द्रकुमार यादव, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष रामानन्द गुप्ता, उद्योग वाणिज्य सङ्घका र विभिन्न सङ्घ संस्थाका प्रतिनिधि सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट मात्रै एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

पर्सा  । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर रु एक खर्ब

पाँचखालमा ‘विषादीरहित’ तरकारी सङ्कलन केन्द्र सञ्चालन

काभ्रे । काभ्रेको खाद्यान्न तथा तरकारीको भण्डारका रूपमा परिचित पाँचखाल नगरपालिकामा विषादीरहित तरकारी

साधारण सेयर बिक्री गर्दै स्वस्तिक लघुवित्त

काठमाडौं। नेपाल धितोपत्र बोर्डले स्वस्तिक लघुवित्त वित्तीय संस्थालाई साधारण सेयर (आइपिओ) बिक्रीका लागि