ब्रोकर कमिसन घटाउँदै बोर्ड



काठमाडौं । धितोपत्र बजारको नियामक निकायका रुपमा रहेको नेपाल धितोपत्र बोर्डले एक साताभित्र ब्रोकर कमिसन घटाउने भएको छ । यस्तै बोर्डले स्टक डिलर कम्पनीलाई अनुमतिसमेत दिने तयारी गरेको छ ।

बोर्डमा बिहीबार नेपाल आर्थिक पत्रकार संघ(नाफिज)सँग कुरा गर्दै अध्यक्ष भीष्मराज ढुङ्गानाले महत्वपूर्ण दुई विषयलाई एक साताभित्र टुङ्ग्याउने गरी काम भइरहेको जानकारी दिए । पुँजीबजार देशको अर्थतन्त्रको ऐना भएको बताउँदै उनले धितोपत्र बजार सूचनामा आधारित बजार भएको दाबी गरे ।

सो अवसरमा अध्यक्ष ढुङ्गानाले अङ्ग्रेजी नयाँ वर्ष २०२१ को सुरुवातसँगै ब्रोकर कमिसन घटाएर लाने तयारी भएको जानकारी दिए । हाल धितोपत्रको दोस्रो बजारमा कारोबार गर्दा ०.६ प्रतिशतदेखि ०.४ प्रतिशतसम्म कमिसन तिर्नुपर्ने व्यवस्था छ । लगानीकर्ताले रु ५० हजारसम्मको सेयर खरिद बिक्री गर्दा ०.६ प्रतिशत र ५० हजारदेखि पाँच लाखसम्मको कारोबारमा ०.५५ प्रतिशत कमिसन तिर्नुपर्ने व्यवस्था छ ।

त्यस्तै पाँच लाखदेखि २० लाखसम्मको कारोबारमा ०.५ प्रतिशत, २० लाखदेखि एक करोडसम्मको कारोबारमा ०.४५ प्रतिशत र सोभन्दा माथिको कारोबारमा ०.४ प्रतिशत कमिसन तिर्नुपर्ने व्यवस्था छ । लामो समयदेखि लाइसेन्सको पर्खाइमा रहेको नागरिक स्टक डिलरले पनि यसै महिनाभित्र अनुमति पाउने भएको छ । बोर्डका अध्यक्ष ढुङ्गानाले स्टक डिलरले सबै संरचना तयार गरिसकेकाले यसै साताभित्र अनुमतिपत्र प्रदान गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चैते धानको उत्पादन वृद्धि भएपछि बिक्री वितरणमा समस्या

काठमाडौँ । चैते धानको उत्पादन वृद्धि भएपछि बिक्री वितरणमा समस्या आएको छ ।

विदेशमा सीप सिकेर स्वदेशमा उद्यमी

भोजपुर। भोजपुरका युवाहरूमा पछिल्लो समय सीप सिकेर स्वरोजगार बन्ने लहर बढेको छ ।

रानी जमरा कुलरिया सिँचाइ आयोजनाद्वारा किसानलाई अनुदान

कैलाली । कैलालीको टीकापुरमा मोहन्याल भैँसीपालन फार्म सञ्चालन गर्दै आउनुभएका दुर्गाप्रसाद जैशी एक

पूर्वीनाका काँकडभिट्टाबाट १८ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

भद्रपुर । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा पूर्वीनाका काँकडभिट्टाबाट १८ अर्ब