तीन सय रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं । सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले ओरालो लागेको छ । छापावाला सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोवार हुने गरी तोकिएको छ । छापावाला सुन सोमबार प्रतितोला ९५ हजार २०० सय रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन मंगलबारका लागि प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोवार हुने गरी तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन प्रतितोला ९४ हजार ७०० रुपैयाँमा सोमबार कारोवार भएको थियो ।

यसैगरी चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको छ । प्रतितोला एक हजार ३२० रुपैयाँमा सोमबार कारोवार भएको चाँदी आज भने प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोवार हुने गरी तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
३५ अर्ब ८७ करोडको ल्यायो कोशी प्रदेशले बजेट(पूर्णपाठ)

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब

उखु उत्पादक किसानलाई एक अर्ब ६० करोड अनुदान उपलब्ध गराउन माग

काठमाडौँ । नेपाल किसान महासङ्घ र अखिल नेपाल किसान महासङ्घले उखु उत्पादक किसानलाई

विकास खर्च गर्न सरकार असफल, ११ महिनामा ४० प्रतिशत मात्र खर्च

काठमाडौं । चालु आर्थिक वर्ष समाप्त हुन एक महिना मात्र बाँकी रहँदा विकास

नेप्सेमा झिनो अङ्कको सुधार

काठमाडौँ । यो साताको कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा