श्रीराम सुगर मिल्सले गर्यो किसानलाई २५ करोड भुक्तानी



काठमाडौं । रौतहटको गरुडा नगरपालिका–४ स्थित श्रीराम सुगर मिल्सले किसानको बक्र्यौता रकम भुक्तानी गर्न शुरु गरेको छ । किसानलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकममध्येमा मिल्सले शुक्रबार र आइतबार गरी दुई दिनमा २५ करोड तीस लाख २७ हजार ५२६ रकम किसानको खातामा जम्मा गर्न बैंकमा पठाइसकेको जनाएको हो ।

उक्त मिल्सले सोमबार विज्ञप्ति जारी गरी पहिलो दिन अर्थात् शुक्रबार १६ करोड ४४ लाख ७० हजार र आइतबार आठ करोड ८५ लाख ५७ हजार रकम किसानको खातामा जम्मा गर्न बैंकमा पठाइसकेको जनाएको छ ।

मिल्सले बाँकी रकम प्रत्येक दिन क्रमश भुक्तानी गर्दै जाने जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्याङ्कअनुसार श्रीराम सुगर मिल्सको बक्यौता रकम ३५ करोड रहेको छ । अझै मिल्सले १० करोड रकम भुक्तानी गर्न बाँकी रहेको छ ।

यसैगरी मन्त्रालयको तथ्याङ्कअनुसार लुम्बिनी चिनी मिल्सको आठ करोड ४१ लाख, इन्दिरा सुगर मिल्सको चार करोड ७० लाख, अन्नपूर्ण सुगर मिल्सको १७ करोड बाँकी रहेको छ ।

गत वर्षको पुस १८ गते सरकार, चिनी मिल्स र उखु किसानबीच भएको सम्झौताअनुसार रकम भुक्तानी नपाएको भन्दै गत आइतबारदेखि उखु किसानले काठमाडौँमा आन्दोलन गर्दै आएका छन् । लुम्बिनी चिनी मिल्सले आइतबारदेखि दैनिक एक करोडका दरले बक्यौता रकम भुक्तानी गर्ने जनाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्यटन क्षेत्रलाई सङ्कटग्रस्त घोषणा गर्न पोखराका पर्यटन व्यवसायीको माग

पोखरा । कोभिड–१९ को महामारीले पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको जनाउँदै यस क्षेत्रका

नेप्सेमा दोहोरो अङ्कको गिरावट, तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । कोरोनाको नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गरेको समयमा समेत धितोपत्र बजारमा

आपसी सहमतिमा पारिश्रमिक तोक्न पाउने व्यवस्थामा हस्तक्षेप नहोस्ः महासंघ

काठमाडौं । न्यूनतम पारिश्रमिक वृद्धिबारे नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र

निषेधाज्ञाको मापदण्डमा रही निर्माणका काम गर्न कठिनः महासंघ

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घले कोभिड–१९ को बढ्दो सङ्क्रमणसँगै राजधानीसहित विभिन्न जिल्लामा