उद्योग वाणिज्य महासङ्घद्वारा विभिन्न समिति र फोरम गठन



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले सङ्घको विधानअनुसार गठित विभिन्न समिति तथा फोरममा सभापति चयन गरेको छ । महासङ्घ सचिवालयमा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष शेखर गोल्छाले विभिन्न समिति तथा फोरमका लागि सभापतिमा चयन भएका कार्यकारिणी समिति सदस्यलाई कार्यादेशसहित सभापतिको औपचारिक पत्र हस्तान्तरण गरे ।

जसअनुसार उद्योग समितिमा भरतराज आचार्य, व्यापार समितिमा विजयसिंह वैद्य, घरेलु तथा साना उद्योग समितिमा डिबी बस्नेत, महिला उद्यमी विकासमा समिति रीता सिंह, स्थल यातायात तथा पारवहन समितिमा प्रकाश सिंह कार्की, कर तथा राजश्व समितिमा सन्दीपकुमार अग्रवाल, पर्यटन तथा हवाई यातायात समितिमा ज्योत्सना श्रेष्ठ, सूचना तथा सञ्चार प्रविधि विकास समितिमा मङ्गेशलाल श्रेष्ठ र बैंक, वित्तीय तथा बीमा समितिमा शाहिल अग्रवाललाई सभापतिको जिम्मेवारी दिइएको छ ।

यसैगरी अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन समितिमा आनन्दकुमार अग्रवाल बगाडिया, स्टार्ट अप एन्ड इनोेभेशन समितिमा रञ्जीतराज आचार्य, स्थानीय विकास समितिमा सुरकृष्ण वैद्य र स्वास्थ्य तथा सीप विकास समितिमा हेमराज ढकाल, निर्यात प्रवद्र्धन समितिमा मनिषलाल प्रधान, व्यापार मेला समितिमा नरेन्द्र खडका, ऊर्जा तथा वातावरण समितिमा गोपाल खनाल र शहरी विकास समितिमा मीनमान श्रेष्ठलाई सभापतिको जिम्मेवारी दिइएको छ ।

फोरमतर्फ द्विराष्ट्रिय एवं गैरआवासीय नेपाली समन्वय फोरममा ई देश बन्धु बस्नेत (अजीत), सामाजिक तथा स्वास्थ्य सेवा फोरममा राजन श्रेष्ठ, चलचित्र तथा मनोरञ्जन फोरममा आकाश अधिकारी, पूँजी बजार फोरममा अम्बिकाप्रसाद पौड्याल र विदेशी रोजगार फोरममा विष्णु गैरेलाई सभापतिको जिम्मेवारी दिइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले समिति तथा फोरमको सभापतिको जिम्मेवारी पाएका सबैले निजी क्षेत्रलाई सशक्त ढङ्गबाट अगाडि बढाउने र महासङ्घको गरिमा उच्च बनाउने कार्यमा परिणाममुखी ढङ्गले निर्वाह गर्ने अपेक्षा गरे । साथै उनले आ–आफ्ना समिति तथा फोरमलाई शीघ्र पूर्णता दिई समिति तथा फोरमका कार्यलाई अगाडि बढाउन शुभकामनासमेत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६

नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र काठमाडौं विश्वविद्यालयबीच सम्झौता

काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) सँग ग्रीन हाइड्रोजन उत्पादनका लागि नुवाकोटको

चैतसम्म वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौँ । चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख