निजी हवाई सेवा प्रदायकहरुद्वारा पर्वतीय उडानलाई तिव्रता



काठमाडौं । नेपालका कोरोना महामारी नियन्त्रणमा नआएपनि आन्तरिक पर्यटन प्रवद्र्धनका लागि निजी हवाई सेवा प्रदायकहरुले पर्वतीय उडानलाई तिव्रता दिएका छन् । बन्दाबन्दीको करिब आठ महिनापछि गत मङ्सिर २० गतेदेखि नियमित पर्वतीय उडान शुरुवात भएको थियो ।
महामारीका कारण विदेशी पर्यटक नभए पनि आन्तरिक पर्यटकलाई लक्षित गर्दै निजी क्षेत्रका ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले पर्वतीय उडान शुरु गरेका हुन् ।

पर्वतीय उडानमा पर्यटकहरुले दोर्जेलाक्पा, गौरी–शङ्कर हिमाल, नुम्बर, चोयु, पुमोरी हुँदै सगरमाथा हिमाल तथा ल्होत्से अमादब्लम हुँदै मकालु हिमाल अवलोकन गर्न पाउछन् ।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले शुरुवाती पर्वतीय उडान उत्साहवद्र्धक रहेको र यात्रुको मागबमोजिम उडान सङ्ख्या पनि क्रमशः थपिँदै जाने बताए । आन्तरिक पर्यटकको संख्या बढेको भन्दै उनले अब साताको दुई दिन शनिबार र आइतबार पर्वतीय उडान गर्ने जानकारी दिए ।

आन्तरिक पर्यटकहरुले कोरोना पछि पर्वतीय उडान मार्फत बिभिन्न हिमश्रृखलाको अवलोकन गर्न पाउदा खुसी व्यक्त गरेका छन् । पर्वतीय उडानमा यात्रुको उत्साहवद्र्धक माग बढ्पछि सेवा प्रदायक कम्पनीले काठमाडौं बाहेक सिमराबाट पनि पर्वतीय उडान सुरु गरेका छन् । पर्वतीय उडानमा एक टिकट खरिदमा अर्को टिकट सित्तैमा पाउने अफर ल्याएका कारण यात्रु बढेको एयरलाइन्सले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
समृद्धिको आकाङ्क्षा पूरा गर्न लगानी सम्मेलन ऐतिहासिक कोशेढुङ्गा सावित हुनेछः उद्योगमन्त्री भण्डारी(अन्तरवार्ता)

काठमाडौँ । ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ अर्को साता (वैशाख १६ र १७ गते)

चीनले नेपालमा सञ्चालन हुने सहायता परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने

कतारका अमिरको भ्रमणबाट पर्यटन व्यवसायी उत्साहित

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

चिया निर्यातमा हट्यो भारतीय अवरोध, १७ वटा नेपाली ट्रक भन्सार पास

झापा । भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात बुधबारदेखि खुला