निजी व्यवसायीको समस्या समाधान गर्न सरकार प्रतिवद्धः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री बिष्णु पौडेलले निजी व्यवसायीको समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । बुधबार नेपाल उद्योग बाणिज्य महासंघको नयाँ कार्यसमितिसँगको छलफलमा अर्थमन्त्री पौडेलले देशको बिकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको महशुस सरकारले गरेको भन्दै समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।

मन्त्री पौडेलले व्यवसायीहरुको समस्यामा निरन्तर छलफल गर्दै साझा निष्कर्षमा पुग्ने आश्वासन पनि दिए । निजी व्यवसायीहरुको मनोवल गिराएर उत्पादन, रोजगारी, आर्थिक बृद्धि जस्ता सपना सरकारले साकार पार्न नसक्ने उनले बताए ।

मन्त्री पौडेलले सरकार, निजी क्षेत्र र सार्वजनिक क्षेत्रबीचको सहकार्यमा कोभिडले सिर्जना गरेका चुनौतिहरुलाई सामना गर्दै लगानी वृद्धि गर्ने, उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने विषयमा ध्यान केन्द्रित गर्नुपर्ने बेला आएको स्पष्ट पारे । उनले व्यवसायीहरुले उठाएका दिर्घकालिन समस्याहरु आगामी बजेटमार्फत सम्बोधन गर्ने प्रतिवद्धता जनाए ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिडबाट प्रभावित अर्थतन्त्रलाई माथि उकास्न विशेष कार्यक्रम आवश्यक रहेको बताए । सरकारले दिएको राहत केही क्षेत्रमा नपुगेको आभाष भएको भन्दै अर्को प्याकेजको आवश्यक रहेको उनको भनाई छ ।

त्यस्तै महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले नेपालमा भित्रिएको रेमिट्न्यासलाई उत्पादनसंग जोड्नुपर्ने बताए । उनले सरकारले निर्यातलाई प्राथमितकतामा राख्न आवश्यक नीति सरकारले ल्याउनुपर्नेमा जोड दिए । छलफलका क्रममा व्यवसायीहरुले उच्च मनोबल बनाएर लगानी वृद्धि गर्न निजी क्षेत्रलाई सरकारले प्रोत्साहित गर्नुपर्ने बताएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

आगलागी पीडितको बसोबासको यथोचित प्रवन्ध गर्न सरकारसँग देउवाको माग

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत