अहिलेको बिषम परिस्थितिमा सरकार र निजी क्षेत्र मिलेर विकासको गतिलाई तीब्रता दिनुपर्छः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी उद्योगी र नेपालका उद्योगपतिहरुको हित प्रवद्र्धनमा सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

बिहीबार निजी क्षेत्रकी उद्योगी र व्यापारीहरु छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभाको काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सबै उद्योगी र व्यवसायीको भावना अनुसार नै सरकारले काम गरिरहेको र लगानीमैत्री वातावरण बनाइएको दाबी गरे ।
उनले अहिलको बिषम परिस्थितिमा सरकार र निजी क्षेत्र मिलेर विकासको गतिलाई तीब्रता दिनुपर्ने उल्लेख गरे ।

देशको आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण भएकोले सरकार सदैव उद्योगी व्यवसायीको हक हितका लागि काम गर्ने उनले बताए । प्रधानमन्त्री ओलीले सरकारले सबै उद्यमी, व्यवसायीलाई समान नजरले हेरेको समेत बताए ।

कार्यक्रममा महासंघका अध्यक्ष भवानी राणाले कोभिड १९ बाट प्रभावित उद्योग वाणिज्यको विकासमा थप गति दिनुपर्ने बताइन् ।
साधारणसभा अन्तर्गत शुक्रबार र शनिबार बन्द सत्रका साथै निर्वाचन हुनेछ । हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा साधारणसभाबाट स्वतः अध्यक्ष बन्नेछन् । अब महासंघको वरिष्ठ उपाध्यक्षका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधान चुनावी मैदानमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

तत्काल कानून बनाएर सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया

कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा

मान्म । कालीकोट जिल्लाकै नमूना स्याउ बगैँचा तिलागुफा नगरपालिका-३ फोइमहादेव गाउँमा रहेको छ