अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता बढाउन एडिबीको १७ अर्ब ७० करोड ऋण सहयोग



काठमाडौं । एशियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि गर्न १७ अर्ब ७० करोड सहुलियत ऋण उपलब्ध गराउने भएको छ । बैंकले नेपाललाई उक्त रकम सहुलियत ऋणस्वरुप प्रदान गर्न शुक्रबार स्वीकृति जनाएको मनिलास्थित बैंकको प्रधान कार्यालयले जनाएको छ ।

त्रिभुवन विमानस्थलमा समानान्तर ‘ट्याक्सी वे’ र ‘ह्याङ्गर एप्रोन’ बनाउन तथा गौतमबुद्ध विमानस्थलमा ‘टर्मिनल’ भवन निर्माणका साथै त्यसको क्षमता बढाउन ऋण रकम स्वीकृत गरिएको बैंकले जनाएको छ ।

भैरहवामा निर्माणाधीन वैकल्पिक क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलले नेपालको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनाका साथै कोभिड–१९ का कारण थलिएको पर्यटन उद्योगलाई महामारीपछिको समयमा भरथेग गर्ने अपेक्षा बैंकले गरेको छ । यसैगरी परियोजना पूरा भएपछि त्रिभुवन विमानस्थलको मौजुदा सुरक्षा व्यवस्था सुदृढ हुने एवं त्यसको प्रभावकारी सञ्चालन तथा सेवा प्रवाह क्षमतामा थप सुधार हुने विश्वास बैंकले व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोरोना संक्रमणबाट कास्कीमा थप दुई जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप दुई जनाको मृत्यु भएको छ ।

मुलुकको राजनीतिक कडा ज्वरो

भीम उपाध्याय । मुलुकका सबै राज्य संयन्त्र अहिले एकदम कमजोर छन्। यस्तोमा यहॉ

धादिङमा चार महिनामा एक अर्ब रेमिट्यान्स भित्रियो

धादिङ । धादिङ जिल्लामा चार महिनाको अवधिमा एउटै कम्पनीमार्फत एक अर्बको रेमिट्यान्स (विप्रेषण)

३९६ स्थानीय तहमा अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास हुँदै

काठमाडौं । सरकारले स्थानीय तहसम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सोमबार एकैसाथ ३९६ स्थानीय