तिहारमा १३ करोड ९५ लाख रुपैयाँ बराबरको फूलको मालाको कारोबार



काठमाडौं । यस वर्षको तिहारमा १३ करोड ९५ लाख रुपैयाँ बराबरको फूलको माला खरिद बिक्री भएको छ । अघिल्लो वर्षको तुलनामा मालाको कारोबारमा ३६ प्रतिशतले घटेपनि कोरोना महामारीकै बीचमा पनि व्यवसायीले अपेक्षा गरेभन्दा निकै राम्रो कारोबार भएको नेपाल फ्लोरी कल्चर एशोसिएसन नेपालले जानकारी दिएको छ । तिहारमा ११ करोड ७० लाख रुपैयाँ बराबरको १३ लाख थान सयपत्रीको माला बिक्री भएको एशोसिएसनको जनाएको छ ।

सयपत्रीको माला औसत ९० रुपैयाँ प्रतिगोटामा बिक्री भएको थियो । यस्तै नेपाल भित्रै एक करोड ८० लाख रुपैयाँ बराबरको तीन लाख गोटा मखमलीको माला यस अवधिमा बिक्री भएको जनाइएको छ । मखमलीको मालाको प्रतिगोटा औसत मूल्य ६० रुपैयाँमा रहेको थियो ।
त्यस्तै तिहारमा नेपालबाट ४५ लाख रुपैयाँ बराबरको एक लाख ५० हजार थान मखमलीको माला निर्यात भएको पनि एशोसिएसनले जनाएको छ ।

यो तिहारमा सबैभन्दा धेरै मालाको कारोबार बागमती प्रदेशमा ८ करोड १० लाख रुपैयाँ बराबरको फूलको मालाको कारोबार हुँदा कर्णाली प्रदेशमा सबै भन्दा कम ४० लाख ५० हजार रुपैयाँ बराबरको माला खरिद बिक्री भएको एशोसिएसनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युट्युबबाट सीप सिकेर उद्यम

कञ्चनपुर । पुनर्वास नगरपालिका-३ की बसन्ती चन्दलाई घर खर्चका लागि अरूसँग हात थाप्नु

साढे दुई अर्ब लगानीमा खुल्यो लग्जरी हेरिटेज होटल

काठमाडौं । नेपाली कला, संस्कृति र आतिथ्यता झल्किने गरी ठमेलमा हेरिटेज होटल ‘आर्या

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ

प्राधिकरणले भन्यो-गौतमबुद्ध विमानस्थलका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण मन्त्रिपरिषदको निर्णय बमोजिम

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक पर्ने