तिलोत्तमामा ६० बिघामा सामूहिक आलु खेती सुरु



बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा यो वर्षबाट ६० बिगाहा क्षेत्रफलमा आलुको सामूहिक खेती सुरु गरिएको छ । कोरोना महामारीमा स्थानीय स्तरमैं रोजगारीका अवसर सिर्जना गर्दै आलुको उत्पादन बढाउन नगरपालिकाले किसानलाई व्यवसायिक आलु खेती तर्फ अग्रसर गराएको हो ।

किसानलाई ज्ञान, सीप तथा प्रविधिमा सहयोग पुर्याउन नगरपालिका र युएनडिपीको सहयोगमा प्रगतिशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आलुको बिजवृद्धि परियोजना सञ्चालन गरेको छ । निर्वाहमूखी खेतीप्रणालीको अन्त्य गरी चक्लाबन्दी र सामूहिक खेतीमा किसानलाई प्रोत्साहन गर्न सहकारीमार्फत् आलुको व्यवसायिक खेती परियोजना सञ्चालन गरिएको नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिए ।

यसअघि घरपरिवारको लागि मात्र खपत हुने आलु खेती गर्ने किसानले यो वर्ष परियोजनाअन्तर्गत् सात बिगाहासम्मको एउटै प्लटमा आलु खेती गरेका छन् । विभिन्न वडाका २० वटा समूह सामूहिक आलु खेतीमा आवद्ध रहेको सहकारी संस्थाकी अध्यक्ष सीता न्यौपानेले बताईन।

नगरपालिका र युनएनडिपीको दुई/दुई करोड लागत सहभागितामा सञ्चालन गरिएको परियोजनामार्फत् किसानलाई अनुदानमा बिउ, मलखाद, कृषि उपकरण उपलब्ध गराइएको छ । यस्तै किसानलाई आलुखेतीको बारेमा आवश्यक ज्ञान, सीप प्रदान गर्न कृषि प्राविधिक तथा विज्ञ नियुक्त गरिएको छ ।

यो वर्ष बिजवृद्धिको लागि अधिकांश क्षेत्रमा पहिलो र दोस्रो पुस्ताको आलु खेती गरिँदै छ । यो वर्ष उत्पादित आलुलाई अर्को वर्ष बिऊको रुपमा बिक्री गर्नेगरी कोल्डस्टोरमा राख्नेसम्मको योजना रहेको सहकारीकी व्यवस्थापक जमुना गिरीको भनाइ छ । परियोजनाले समूहलाई आलुको ड्याङ्ग बनाउने, उकेरा लगाउने, फसल खन्ने लगायतका काममा प्रयोग हुने १७ लाख मूल्य बराबरका ११ वटा पावर टे«लर मेसिन उपलब्ध गराएको छ ।

नगर प्रमुख घिमिरेले आलुबाहेक अन्य सिजनमा समेत सामूहिक र चक्लाबन्दी खेती गर्न किसानलाई आग्रह गर्दै चक्लाबन्दीमा खेती गर्ने किसानलाई नगरपालिकाले सधैं प्रोत्साहन गर्ने बताए व्यवसायिक खेती गर्ने किसानलाई सरकारी अनुदानमा प्राथमिकतामा राखिएको घिमिरेको भनाइ छ । यस क्षेत्रमा गुणस्तरीय बिऊ उपलब्ध नभइरहेको अवस्थामा परियोजनाअन्तर्गत् उत्पादित बिऊले आगामी वर्षहरुमा आलुको उत्पादन वृद्धिमा ठूलो टेवा पुर्याउने नगरपालिकाको अपेक्षा छ ।

निर्वाहमूखी आलु खेती गरेका किसानले मूल्य चुकाउँदा समेत गुणस्तरीय बिउ नपाउँदा लागतअनुसारको उत्पादन लिन सकेका छैनन् । नगरपालिकाले आलु उत्पादक कृषक समूहलाई दिगो बनाउन आगामी वर्षमा समेत बजेटको यथोचित व्यवस्था गर्ने नगर प्रमुख घिमिरेले बताए आलुको आयात प्रतिस्थापन गर्न यस्ता कार्यक्रम प्रभावकारी बन्ने नगरपालिकाको विश्वास छ ।

समूहहरुमध्ये वडा नं. १० को दूर्गामन्दिर अन्नबाली उत्पादक कृषक समूहले सबैभन्दा बढी सात बिगाहामा आलु खेती गरेको छ । यस्तै वडा नं. ७ को दर्शनटोला खाद्यान्न कृषि समूहले ६ बिगाहा, वडा नं. १० को धानखेतमा माछा पालन कृषक समूह, वडा नं। १२ को समैंया मकै उत्पादन कृषि समूह, वडा नं। १६ को बिउली आधुनिक तरकारी उत्पादक कृषक समूहले पाँच/पाँच बिगाहामा आलु खेती गरेका छन् ।

यस्तै वडा नं. ७ का सेमरा बजार तरकारी उत्पादक कृषक समूह, पंगेनी खाद्यन्न बाली उत्पादक कृषक समूह, वडा नं. ११ का प्रजारानी कृषक समूह, आधुनिक तरकारी बाली उत्पादक कृषक समूह, कमलपोखरी कृषक समूह, वडा नं १२ को बुद्धभूमि तरकारी उत्पादक कृषक समूहले तीन÷तीन बिगाहामा आलु खेती गरेका छन् । वडा नं ४ का क्षितिज नमूना कृषक समूह, विष्णुभक्त तरकारी उत्पादक समूह, महिला जनसेवा आलु उत्पादक सहकारी संस्थाले साढे दुई बिगाहाका आलु खेती गरेका छन् । वडा नं १० को कोटहीमाई अन्नबाली उत्पादक कृषक समूहले दुई तथा रोहिणी अन्नबाली उत्पादक कृषक समूह, कुञ्ज तरकारी उत्पादक कृषक समूह, चन्द्रसूर्य खाद्यन्न उत्पादक कृषक समूह, आर्दश तरकारी बाली उत्पादक समूह, आर्दश तरकारी बाली उत्पादक समूह, प्रगतिशील महिला विकास सहकारीले एक/एक बिगाहामा आलु खेती गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै

यस्तो छ विदेशी मुद्राको विनिमयदर

  काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रको विनिमयदर निर्धारण गरेको

नेप्से  दुई अङ्कले बढ्यो

काठमाडौँ । अघिल्ला चार कारोबार दिन लगातार घटेको शेयर बजार बिहीबार दुई दशमलव

च्याङ्ग्राको नश्ल सुधार तथा अनुसन्धानस्थल बन्दै मुस्ताङको च्याङ्ग्रा फार्म

मुस्ताङ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा स्थानीय उपभोक्ता समितिमार्फत च्याङ्ग्रा फार्म सञ्चालन