नेपाल टेलिकमले ल्यायो अटम अफर, ५५ रुपैयाँमा युट्युब अनलिमिटेड र फेसबुक अनलिमिटेड प्याकेज



काठमाडौं । नेपाल टेलिकमले ९० दिनका लागि अटम अफर उपलब्ध गराउने भएको छ। घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म लागू हुने ‘दशैँ अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागू हुने ‘तिहार अफर’लाई फेस्टिभल अफरका रूपमा उपलब्ध गराउने टेलिकमले जनाएको छ।

अटम अफरमा नयाँ प्याकेजका रूपमा सोसल मिडिया प्याक उपलब्ध हुनेछ। यसअन्तर्गत तीन दिनसम्म चलाउन मिल्नेगरी ५५ रुपियाँमा युट्युब अनलिमिटेड र फेसबुक अनलिमिटेड प्याकेज छुट्टाछुट्टै उपलब्ध हुनेछ।

यी अफर खरिद गरेपछि सहुलियतस्वरूप १५ रुपियाँमा तीन दिनसम्म सबै किसिमका एप्लिकेसन प्रयोग गर्न सकिने एक जीबी डाटाको एड अन प्याकसमेत खरिद गर्न सकिने छ।

टेलिकमले यसअघि ४० रुपियाँमा तीन दिनका लागि ५५ मिनेटको भ्वाइस प्याक उपलब्ध गराइरहेकामा अब सोही दरमा ७० मिनेट कल गर्न सकिने प्याकेज उपलब्ध गराइने जनाएको छ। त्यसैगरी १५ रुपियाँमा ‘वान नाइट अनलिमिटेड’ भ्वाइस कल उपलब्ध हुनेछ ।

पहिलेदेखि नै उपलब्ध अल टाइम भ्वाइस प्याक, नाइट भ्वाइस प्याक र डे भ्वाइस प्याक पनि यथावत् राखिएको छ। त्यस्तै ‘वान डे डाटा प्याक’ ‘थ्रि डे डाटा प्याक’कोे भोल्युम पनि पहिलेभन्दा बढी हुने भएको टेलिकमले जनाएको छ।

टेलिकमले दशैँ, तिहार र छठलाई लक्षित गरेर ल्याएको फेस्टिभल अफरमा जीएसएमरसीडीएमए मोबाइलको रिचार्जमा कुराकानीका लागि अतिरिक्त मिनेट बोनसका रूपमा उपलब्ध गराइने पनि जनाएको छ।

अन्य अफरअन्तर्गत कात्तिक १ देखि नेपाल टेलिकम एप पहिलोपटक डाउनलोड गर्दा ५०० एमबी डाटा एकपटकका लागि निःशुल्क प्राप्त हुनेछ। यसअघि विद्यार्थीका लागि मात्र उपलब्ध रहेको ह्याप्पी लर्निङ प्याक अब सबै ग्राहकका लागि उपलब्ध हुनेछ। यो प्याक लिनका लागि सम्बन्धित निकायको सिफारिस आवश्यक पर्ने व्यवस्था हटाइएको नेपाल टेलिकमले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘व्यक्ति र संगठन मात्र होइन, तपाईं एउटा मुलुक हो भन्ने कुरा आत्मामा रहनुपर्दछ’

काठमाडौं । संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ फर्मड पुलिस युनिट (एफपियु) को रुपमा

धानको न्यूनतम समर्थन मूल्य तोकिएपनि किसान सस्तो मूल्यमा बिक्री गर्न बाध्य

काठमाडौं । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेपनि किसानहरु सस्तो मूल्यमा विक्री गर्न

कृषि क्षेत्रको विकासका लागि विश्व बैंकबाट नौ अर्ब ऋण उपलब्ध

  काठमाडौं । ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको

दशैं बिदापछि खुलेको शेयर ३ वर्षयताकै उच्च विन्दुमा,नेप्से ४१.२० अङ्कले बढ्यो

काठमाडौं । दसैँ बिदाको ५ दिन पछि बुधबार खुलेको धितोपत्र बजारमा शेयर कारोवार