बुद्ध एयरले मनायो २४ औं वार्षिकोत्सव



काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले आइतबार आफ्नो २४ औँ वार्षिकोत्सवका अवसरमा आन्तरिक उडानमा एटिआर जहाजमार्फत गुणस्तरीय सेवा प्रदानका साथै पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेलेको जिकिर गरेको छ । सन् १९९७ मा आजकै दिन अर्थात् अक्टोबर ११ मा नेपाली आकाशमा बुद्ध एयरले पहिलो उडान गरेको थियो ।

यसले उडानकै शुरुआतमा अमेरिकाबाट ब्राण्ड न्यू जहाजबीच क्राफ्ट १९०० डी भित्राएको थियो । आज २३ वर्ष पूरा गर्दा बुद्ध एयरसँग १३ जहाज, एक हजारभन्दा बढी कर्मचारी तथा लाखौँ देशीविदेशी यात्रु जोडिन आइपुगेका छन् ।

बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले अनवरत यात्रामा यात्रुको सेवा गुणस्तर तथा सामाजिक उत्तरदायित्वलाई ख्याल गरी सेवा विस्तार र प्राविधिक क्षमता अभिवृद्धि गर्न कम्पनी लागिपरेको बताए । उनका अनुसार उडान ठप्प भएपनि जहाजको नियमित मर्मतसम्भार, रेखदेख तथा जनशक्ति सञ्चालन खर्च कटौती गरिएन ।

बुद्धले बन्दाबन्दीमा झण्डै ६ महिना आम्दानी पनि शून्य रहेका अवस्थामा आफ्ना एक हजार १०० कर्मचारीलाई नियमित रूपमा तलब वितरण गरिएको जनाएको छ । बुद्ध एयरले बन्दाबन्दीको केही दिनमै सङ्क्रमणरहित र सुरक्षित हवाई सेवा कसरी सञ्चालन गर्ने भनेर ‘सुरक्षा निर्देशिका’ ल्याएको थियो ।

कम्पनीले यसलाई अक्षरशः पालना गर्दै हरेक कर्मचारीलाई तालीम तथा पिपिई प्रदान गरी उडान गन्तव्यमा पूर्वाभ्यास गरेको थियो । सेप्टेम्बर २१ देखि उडान सञ्चालन हुने भएपछि बुद्ध एयरले भाडा दरमा भारी कटौती गरेको छ । निम्नमध्य आय भएका नेपालीले पनि सुरक्षित तथा सङ्क्रमणरहित यात्रा गरून् भन्ने उद्देश्य रहेको कम्पनीले विज्ञप्तिमा जनाएको छ ।

आर्थिक चलायमानका सूचकाङ्कमा यात्रुको ओहोरदोहर पनि एक हो । आन्तरिक पर्यटनलाई पुनः गति दिन बुद्ध एयरले पर्यटकीय गन्तव्य पोखरा र चितवनलाई प्रचारप्रसार गर्दै यसको भगिनी संस्था बुद्ध होलिडेजमार्फत प्याकेज पनि ल्याएको छ । सुरक्षित र सङ्क्रमणरहित तरिकाले पर्यटकीय गतिविधि सञ्चालन गर्न सकेका खण्डमा विदेशी पर्यटकलाई पनि आत्मबल पुग्न जाने बुद्ध एयरको विश्वास रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो

गण्डकी । पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढेको छ ।

बारामा ६ हजार चार सय ७२ हेक्टर धानबाली डुबानमा

कलैया (बारा) । बारामा छ हजार चार सय ७२ हेक्टर क्षेत्रको धानबाली डुबानमा

दाङबाट चार सय खसीबोका काठमाडौँ पठाइँदै

दाङ । दसैंका लागि यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दाङबाट करिब

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको