उखुको भुक्तानीका लागि रौतहटका किसानद्वारा संसदीय समितिलाई ज्ञापनपत्र



काठमाडौं । रौतहटको श्रीराम सुगर मिल्सबाट पाउनुपर्ने भुक्तानी पाउने व्यवस्था मिलाइदिन भन्दै उखु किसानहरुले संसदीय समितिमा ज्ञापनपत्र बुझाएका छन् ।

आइतबार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा किसानहरुले ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउँदै उखु किसानहरुले श्रीराम सुगर मिल्सबाट आफुहरुले पाउनुपर्ने भुक्तानी छिटो पाउने व्यवस्था मिलाइदिन माग गरेका छन् । उखु उत्पादक संघका सचिव सफीन्द्र प्रसाद यादवले समिति सभापति बिमलप्रसाद श्रीवास्तवलाई ज्ञापनपत्र बुझाएका हुन् ।

श्रीराम सुगर मिल्सले २०७७ साउन ११ गते सूचना प्रकाशन गरी सदाको लागि उद्योग बन्द भएको जानकारी गराएको थियो । त्यससँगै आफूहरुले पाउनुपर्ने भुक्तानी दिन उद्योगले असक्षम भएको बताएपछि आफुहरु मारमा परेको गुनासो किसानले गरेका छन् ।

उद्योगबाट पाउनुपर्ने ४१ करोड रुपैयाँ दशैं अघि नै पाउने व्यवस्था मिलाईदिन पनि किसानहरुले समिति समक्ष माग गरेका छन् । त्यसबाहेक उद्योगका श्रमिक तथा कर्मचारीले पनि पाँच महिनाको तलब–भत्ता तथा डेढ वर्षको सञ्चयकोष गरी करिब ४ करोड रुपैयाँ नपाएको भन्दै दशैं अगाडि नै सबै भुक्तानी पाउनुपर्ने माग गरेका छन् । रौतहटमा करिब १८ हजार किसानले उखु खेती गर्दै आएका छन् । तर उखु मिल नै बन्द भएपछि किसानको आयश्रोत बन्द भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विदेशबाट फर्किएका युवा बाख्रापालन व्यवसायमा सलग्न

दाङ । वैदेशिक रोजगारबाट फर्किएका यहाँका युवा पशुपालन पेशामा आबद्ध हुँदै गएका छन्

यातायात कार्यालय नवलपरासीद्वारा नौ महिनामा २३ करोड भन्दाबढी राजस्व सङ्कलन

मध्यविन्दु । यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले चालु आर्थिक वर्षको नौ

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्री हुने

काठमाडौं ।  राष्ट्रिय वाणिज्य बैंकले आजदेखि २ अर्ब ५० करोड बराबरको ऋणपत्र बिक्री

यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।