उखुको भुक्तानीका लागि रौतहटका किसानद्वारा संसदीय समितिलाई ज्ञापनपत्र



काठमाडौं । रौतहटको श्रीराम सुगर मिल्सबाट पाउनुपर्ने भुक्तानी पाउने व्यवस्था मिलाइदिन भन्दै उखु किसानहरुले संसदीय समितिमा ज्ञापनपत्र बुझाएका छन् ।

आइतबार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा किसानहरुले ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउँदै उखु किसानहरुले श्रीराम सुगर मिल्सबाट आफुहरुले पाउनुपर्ने भुक्तानी छिटो पाउने व्यवस्था मिलाइदिन माग गरेका छन् । उखु उत्पादक संघका सचिव सफीन्द्र प्रसाद यादवले समिति सभापति बिमलप्रसाद श्रीवास्तवलाई ज्ञापनपत्र बुझाएका हुन् ।

श्रीराम सुगर मिल्सले २०७७ साउन ११ गते सूचना प्रकाशन गरी सदाको लागि उद्योग बन्द भएको जानकारी गराएको थियो । त्यससँगै आफूहरुले पाउनुपर्ने भुक्तानी दिन उद्योगले असक्षम भएको बताएपछि आफुहरु मारमा परेको गुनासो किसानले गरेका छन् ।

उद्योगबाट पाउनुपर्ने ४१ करोड रुपैयाँ दशैं अघि नै पाउने व्यवस्था मिलाईदिन पनि किसानहरुले समिति समक्ष माग गरेका छन् । त्यसबाहेक उद्योगका श्रमिक तथा कर्मचारीले पनि पाँच महिनाको तलब–भत्ता तथा डेढ वर्षको सञ्चयकोष गरी करिब ४ करोड रुपैयाँ नपाएको भन्दै दशैं अगाडि नै सबै भुक्तानी पाउनुपर्ने माग गरेका छन् । रौतहटमा करिब १८ हजार किसानले उखु खेती गर्दै आएका छन् । तर उखु मिल नै बन्द भएपछि किसानको आयश्रोत बन्द भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खसी कस्तो किन्ने ? सिङमा हरियो रङ छिटेको हेर्नुस्

काठमाडौँ । काठमाडौँ उपत्यकामा खसीबोका पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा,

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो

गण्डकी । पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढेको छ ।

बारामा ६ हजार चार सय ७२ हेक्टर धानबाली डुबानमा

कलैया (बारा) । बारामा छ हजार चार सय ७२ हेक्टर क्षेत्रको धानबाली डुबानमा

दाङबाट चार सय खसीबोका काठमाडौँ पठाइँदै

दाङ । दसैंका लागि यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दाङबाट करिब