पोष्टबहादुर बोगटी सुरुङ्गमार्ग आयोजनाको कार्यालय हेटौंडामा स्थापना



हेटौंडा । वाग्मती प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको पोष्टबहादुर बोगटी सुरुङ्गमार्ग (भीमफेदी—कुलेखानी) आयोजना प्रभावकारी रुपमा सञ्चालनका लागि आयोजना कार्यालयको स्थापना गरिएको छ । हेटौँडास्थित हाल रहेको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रशासनिक भवनमध्ये तल्लो तल्लामा आयोजना कार्यालयको स्थापना गरिएको हो ।

आयोजना कार्यालयको शुक्रबार प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले उद्घाटन गरेका छन् । वाग्मती प्रदेश सरकारले निर्माण गर्न लागेको हेटौँडा—काठमाडौं मार्गअन्तर्गत पर्ने भीमफेदीदेखि कुलेखानीसम्ममा निर्माण हुन लागेको पोस्टबहादुर बोगटी सुरुङ्गमार्ग आयोजनाको कार्यालय स्थापना भएको हो ।

कार्यालय उद्घाटनपछि आयोजित कार्यक्रममा मन्त्री फुयाँलले प्रदेश सरकार अब सुरुङ्गमार्ग निमार्णमा जुटेको भन्दै आयोजना प्रदेशको मात्र नभई सङ्घीय सरकारको समेत सहयोगमा सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको सुरुङ्गमार्ग तोकिएको समयमै निर्माण सम्पन्न हुने बताए ।

तीन दशमलब २१ किलोमिटरका दुई अलगअलग सुरुङ्गमार्ग करिब १९ अर्बको लगानीमा करिब साढे तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य छ । तीनवटा पुलसहित दुई सुरुङ जोड्ने एप्रोच सडक निर्माण गरिने जनाइएको छ । सुरुङमार्गको विस्तृत अध्ययन प्रतिवेदनअनुसार ३ दशमलव २१ किलोमिटर लम्बाई तथा १५ र ७ मिटर फराकिला दुर्ईवटा सुरुङ निर्माण गरिने भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सञ्जीव बरालले जानकारी दिए । वाग्मती प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको सुरुङमार्ग निर्माणमा सहकार्य गर्न सङ्घीय सरकारले समेत कार्यदल गठन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको कार्यदलले एक महिनाभित्र प्राविधिक, आर्थिक र कानूनी पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्नु पर्नेछ ।

सरकारले सुरुङमार्गलाई निजगढ—काठमाडौँ द्रूतमार्गसँगसमेत जोड्ने योजना अघि सारेको छ । त्यसो गर्नसके हेटौँडा काठमाडौँको दूरी ५२ किलोमिटरमा छोटिने आयोजनाका नवनियुक्त प्रमुख सिनियर डिभिजन इन्जिनीयर नवीनकुमार सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोकाकोला नेपालले ल्यायो ‘कोक बडी’ एप

काठमाडौं । कोकाकोला नेपालले ‘कोक बडी’ एप सार्वजनिक गरेको छ । राजधानीमा बुधबार

सरकारलाई एनसेलको शेयर बिक्रीबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न लेखा समितिको निर्देशन

  काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर खरिद बिक्रीका

एनसेल खरिद बिक्रीबारे १५ दिनभित्र प्राधिकरणलाई यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिदबिक्री भएको विषयमा यथार्थ

नेप्सेमा झिनो अंकको बृद्धि

काठमाडौं । शेयर बजारमा नेप्सेमा सामान्य बृद्धि भएको छ । मंगलबार १० अङ्क