‘घाटामा गइरहेको निगमलाई थप मर्का पर्ने गरी सेल्फ ग्राउण्ड ह्याण्डलिङको जिम्मा अरुलाई किन ?’



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङको सम्पूर्ण जिम्मा नलगाइएको जनाएको छ ।

बिहीबार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्राधिकरणका महानिर्देशक राजन पोखरेलले हिमालयलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङको सम्पूर्ण जिम्मा नदिइएको भन्दै आफ्नो ग्राउण्ड ह्याण्डलिङ आफैं गर्न अनुमति मात्र दिइएको जानकारी दिएका हुन् ।

नियमानुसार मापदण्ड पुगेका कारण मात्र हिमालयलाई ग्राउण्ड ह्याण्डलिङको अनुमति दिइएको उनले बताए । अहिले पनि २६ वटा कम्पनीको ग्राउण्ड ह्याण्डलिङ नेपाल बायुसेवा निगमले नै गरिरहेको भन्दै त्यो खोस्ने कुनै योजना नै नरहेको उनले स्पष्ट पारे ।

उनले सञ्चालनको अन्तिम तयारीमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको जिम्मा पनि वायु सेवा निगमलाई दिइएको जानकारी पनि दिए । उनले नेपालमा थाई र एयर इण्डियाले मात्र ग्राउण्ड ह्याण्डलिङको काम आफैं गरिरहेको भन्दै अब दुई कम्पनीको ग्राउण्ड ह्याण्डलिङ पनि खोस्ने तयारी भइरहेको बताए ।

उनले काठमाडौंमा बेस बनाएर अब कुनै पनि वायुसेवा कम्पनी स्थापना हुन नसक्ने भन्दै अरु कुनै नयाँ कम्पनीलाइ ग्राउण्ड ह्याण्डलिङको जिम्मा दिने प्रश्न नै नआउने उल्लेख गरे । बैठकमा सांसदहरुले ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी अरु कम्पनीलाई दिँदा घाटामा गइरहेको निगमलाई थप मर्का गर्ने भन्दै यसमा सचेत रहन सुझाव दिएका थिए ।

सांसद भीम रावलले बिभिन्न एयरलाइन्सलाई सेल्फ ग्राउण्ड दिँदा सेवामा समस्या आएको बताए । उनले निगमलाई बाहेक अन्यलाई एयरलाइन्सलाई सेल्फ ग्राउण्ड जिम्मा दिन नहुने उल्लेख गरे ।

त्यस्तै सांसद माधवकुमार नेपालले निगमकै सेवालाई थप गुणस्तरीय बनाउनुपर्ने तर्क गरे । उनले नीति र कार्यशैलीमा मूल्याङ्कन नगरे निगमको सुधार गर्न नसकिने बताए । त्यस्तै सांसद नेपालले बिमानस्थल निर्माण गर्दा अध्ययन गरेर मात्र निर्माण गर्नुपर्ने धारणा राखे ।

छलफलका क्रममा प्राधिकरणका महानिर्देशक पोखरेलले कोरोनाका कारण नेपालको हवाइक्षेत्रले ठूलो क्षति व्होरोको बताए । कोरोना महामारीकै बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारका धेरै काम भएको उनले जानकारी दिए ।

हिमालयको ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय यथास्थितिमा राख्न पर्यटनमन्त्रीको निर्देशन

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ

इलाम-२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन

अख्तियारद्वारा एमडीएमएस खरिद प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग

राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार