बजार अनुगमनका क्रममा गरिएको जरिवानाबाट १२ लाख ८७ हजार राजश्व संकलन



काठमाडौं । काठमाडौं महानगरपालिकाले २२ दिनमा तरकारी र फलफूल तथा खाद्य गरी १२३ वटा पसलमा अनुगमन गरेको जनाएको छ । अनुगमनका क्रममा २६ वटा पसललाई आर्थिक जरिवाना गराइएको महानगरले जनाएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महानगरले अत्याधिक मूल्य बढेको गुनासो आउन थालेपछि उपप्रमुख हरिप्रभा खड्कीको संयोजकत्वमा रहेको उपभोक्ता हित संरक्षण समितिले नियमित अनुगमन गरेको जनाएको हो ।

अनुगमनका क्रममा २६ वटा पसललाई जरिवाना तिराइएको र जरिवानाबाट १२ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन भएको महानगरकी उपप्रमुख खड्कीले जानकारी दिइन् । त्यस्तै प्याजको कृत्रिम अभाव सृजना गरेर बिक्री भइरहेका प्याज बरामद गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत बिक्री गरिएको उनले बताए । उनले पर्याप्त ऐन कानूनको अभावमा सोचजस्तो अनुगमनको काम गर्न नसकिएको गुनासो पनि गरिन् ।

मूल्य र गुणस्तरमा उपभोक्तलाई ठगिनबाट बचाउनका लागि निरन्तर अनुगमन गरिने महानगरले जनाएको छ । नेपालको संविधानको अनुसुची ८ ले र स्थानीय सरकार सञ्चालन ऐन २९७४ ले दिएको अधिकार प्रयोग गरेर महानगरले तरकारी फलफूल र माछामासुको अनुगमन गरिरहेको महानगरकी उपप्रमुख खड्कीले जानकारी दिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी सम्मेलनलाई केन्द्रित गरी  सरकारले कानुन संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

  काठमाडौँ । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न १२ वटा

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत, सरकारी र निजी गरी एक सय ४८ वटा राखिने

  काठमाडौँ ।  लगानी बोर्डको ५८औँ बैठकले तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने,

कतारमा पानी निर्यातको अवसर बन्नसक्छ अमिरको नेपाल भ्रमण

  काठमाडौँ ।  नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने सम्भावना खोजिरहेका

सरकारले व्यवसायीको हकहितमा काम गर्नुपर्छ : सांसद शर्मा

काठमाडौं ।नेपाली कांग्रेसका सांसद डा सुनिलकुमार शर्माले सरकारले मुलुकका व्यवसायीहरुको हकहितमा काम गर्नुपर्ने