काठमाडौं महानगरका २० वटा वडाका ८५० करदाता महानगरको अनलाइन प्रणालीमा जोडिए, एक करोड ६० लाख रुपैयाँ राजस्व संकलन



काठमाडौं । १० दिनको अवधिमा काठमाडौं महानगरका २० वटा वडाबाट ८५० जना करदाताले अनलाइन प्रणालीबाट रकम भुक्तानी गरेका छन् । महानगरलाई तिर्नु बुझाउनु पर्ने कर राजस्व निर्धारण तथा संकलन प्रणालीबाट भुक्तानी गरेका हुन् । महानगरले असोज १ गतेदेखि वडा १, २, ३, ४, १०, ११, १५, २६, ३० र ३१ बट प्रणाली सञ्चालनमा ल्याएको हो ।

सफ्टवेयर सञ्चालन गर्ने प्राबिधिक ज्ञान दिँदै असोज ५ गतेदेखि वडा ५, ६, ७, ९, १२, १४, १६, २८, २९ र ३२ वडामा प्रणाली सञ्चालन गरियो । यस अवधिमा प्रणालीमा जोडिएका करदाताले तिरेको करबाट महानगरले १ करोड ६० लाख रुपैयाँ राजस्व प्राप्त गरेको, राजस्व बिभागका निर्देशक शिवराज अधिकारीले जानकारी दिए ।

अहिले वडा ९, १३, १७, १८, १९, २० २१, २२, २३, २४, २५ र २७ गरी १२ वटा वडाका कर्मचारीका लागि तालिम भइरहेको छ । आज र भोलि २ दिन हुने तालिमपछि पर्सि अर्थात् मंगलबार ती सबै वडामा प्रणाली सञ्चालन गर्ने लक्ष्य छ ।

यसो भएमा, असोज १ गतेबाट चरणवद्ध रुपमा सञ्चालन थालिएको राजस्व निर्धारण तथा संकलन प्रणालीलाई असोज १३ गतेदेखि सबै वडामा पुग्नेछ ।  महानगरले प्रयोगमा ल्याएको यस प्रणालीको विकासकर्ता सांग्रिला इन्फरमेटिक्स प्रालि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

  काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार भने उकालो

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन

वीरगञ्ज । मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१

बेलायतलाई नेपालमा लगानी बढाउन अर्थमन्त्रीको आग्रह

काठमाडौं । आगामी वैशाखमा काठमाडौंमा हुने लगानी सम्मेलनमा बेलायतबाट उच्चस्तरीय लगानीकर्ताको टोली आउने