रेमिट्यान्स आप्रवाहमा २३ प्रतिशतको वृद्धि



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा कूल ९२ अर्ब ७१ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ । नेपाली कामदार रहेका श्रम गन्तव्यमा कोरोनाको सङ्क्रमण जारी रहेको भएपनि विप्रेषण आप्रवाहमा कुनै असर नपरेको हो ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको विवरणअनुसार विप्रेषण आप्रवाह २३ प्रतिशतले वृद्धि भएको छ । सरकारले अवैध माध्यमबाट आउने विप्रेषणलाई वैधानिक माध्यमबाट भित्र्याउन लिएका नीति तथा कार्यक्रम क्रमशः प्रभावकारी बन्दै गएको छ । हुण्डीलगायतका अवैध कारोबार रोकिदा बैंकिङ प्रणालीबाट मात्रै विप्रेषण भित्रिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह दुई प्रतिशतले बढेको थियो । बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.७ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ९९.२ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १९ प्रतिशतले घटेको थियो । यस्तै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ८० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १.३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय २० प्रतिशतले वृद्धि भई एक खर्ब एक अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.२ प्रतिशतले मात्रै बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनकोसी मरिण डाइभर्सनको सुरुङ छिचोल्न एक सय १० मिटर मात्र बाँकी, वैशाख २६ गते ‘ब्रेक थ्रु’ गरिने

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण

कर्णालीमा चालु आर्थिक वर्षको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

  कर्णाली । प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा सरकार

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

  पर्सा ।  वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा  एक खर्बभन्दा बढी

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६