सुन तोलाको १२ सय रुपैयाँले घट्यो



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्न थालेको छ । पछिल्लो दुई दिन लगातार ओरालो लागेको सुनको मूल्य बिहीबार पनि तोलाको १२ सय रुपैयाँले घटेको हो ।

सुनको मूल्य मंगलबार १७ सय र बुधबार १२ सयले घटेको थियो । बिहीबार घटेर सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तीन दिनमा ४१ सय रुपैयाँले सस्तिएको हो ।

छापावाल सुनको मूल्य घट्दा बिहीबार तेजाबी सुन पनि १२ सय रुपैयाँले नै सस्तो बनेको छ । यस्तै चाँदीको भाउ प्रतितोला ७० रुपैयाँले घटेर प्रतितोला ११ सय २० रुपैयाँ कायम भएको छ ।

चाँदी मंगलबार ९० रुपैयाँ सस्तो बनेको थियो भने बुधबार ४० रुपैयाँले घटेको थियो । चाँदी तीन दिनमा दुई सय रुपैयाँ सस्तो बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्याग्दीमा मौरीपालक कृषक बढ्दै ,उत्पादन घट्दै

गलेश्वर । म्याग्दीका जंगलमा विगत तीन वर्ष यता अत्यधिक डढेलो लागेका कारण पुष्परसमा

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा जलविद्युत् आयोजना एकैसाथ

मनाङ आउने पर्यटकको रोजाइमा होमस्टे

  मनाङ । पछिल्लो समय भ्रमणका क्रममा बसोबासका लागि घरबास (होमस्टे) रोजाइमा पर्ने

सुनकोसी मरिण डाइभर्सनको सुरुङ छिचोल्न एक सय १० मिटर मात्र बाँकी, वैशाख २६ गते ‘ब्रेक थ्रु’ गरिने

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण