बजारमा जताततै अखाद्य बस्तुको विक्री, विभिन्न बहाना बनाएर उम्किने व्यापारीको दाउ



काठमाडौं । अमृत ब्राण्डका तोरी र सनफ्लावरका १४० कार्टुन तेल साबुन फ्याक्ट्रीलाई बिक्री गरेर बिल महानगरमा पठाउन अन्नपूर्ण भेजिटेवल प्रोडक्सनलाई निर्देशन दिइएको छ ।

महानगरको उपभोक्ता हित संरक्षण समितिले बुधबार गरेको अनुगमनका क्रममा काठमाडौं महानगरको वडा १३ रविभवन आदर्शनगरमा रहेको गोदाममा राखिएका व्याच नम्बर १७ मा उत्पादन भएका, उपभोग्य मिति सकिएका ५१ कार्टुन सनफ्लावर तेल फेला पारेको थियो । एक बर्ष उपभोग्य मिति भएको तेलको उत्पादन मिति २०७६ असोज लेखिएको थियो ।

बजारमा पठाउन अयोग्य भइसकेकाले योसँगै बिक्री अयोग्य सामान राख्ने ठाउँमा भएका ८९ कार्टुन तोरीको तेल साबुन फ्याक्ट्रीमा बिक्री गरेर बिल महानगरमा पठाउन निर्देशन दिइएको हो । वितरक सञ्जय खण्डेवालले भने, ‘यो फिर्ता पठाउने नै सामान हो । हामी बजारमा पठाउँदैनौ । हामीलाई बिश्वाश गर्नोस् । हाम्रो व्राण्डको कुनै पनि म्याद सकिएको तेल बजारमा छैन । तपाईहरुले एक कार्टुन मात्र भेट्नुभयो भने हााम्रो कम्पनी नै सिल गरिदिए पनि हुन्छ । यो तेल फिर्ता गर्न राखिएको हो ।’

अनुगमन टोलीका सदस्यले प्रश्न गरे -कम्पनीमा पठाएका सामान मिति परिवर्तन गरेर बजारमा आउँदैनन् भन्ने ग्यारेन्टी के हुन्छ ? खण्डेवालले उत्तर दिए -यो तेल साबुन बनाउन बिक्री हुन्छ । उनको जवाफपछि अनुगमन टोलीले साबुन फ्याक्ट्रीमा बिक्री गरेको बिल लिएर महानगरमा आउन निर्देशन दिएर फर्किए ।

भण्डारण कक्षभरी तेल पोखिएर कालो भएकोले यसलाई नियमित सफाइ गर्नुपर्ने, कम्पनी दर्ता र यसले गर्ने काम सम्बन्धि विवरण राख्नुपर्ने पनि टोलीले निर्देशन दिएको छ ।

टोलीले आजै बडा १५ गैरी गठ्ठाघरमा रहेको आरसा फुड एण्ड स्पाइसेसको गोदाम निरीक्षण गरेको थियो । हिजो (असोज ६) गते खुसिवु क्षेत्रमा अनुगमन गर्दा चितवन दाजुभाइ टे«डर्समा बेच्न राखिएको २७ प्याकेट अजिनामोटोको मूल्य मेटिने खालको भेटिएको थियो । अनुगमनका क्रममा ती सबै प्याकेट नष्ट गरेर सामान वितरण गर्ने व्यापारीको खोजी थालिएको थियो । यही क्रममा आरसा फुडबाट वितरण हुने सामाग्री भण्डारण हुने ठाउँमा टोली पुगेको हो ।

टोलीसँग सञ्चालक रविन कायस्थ श्रेष्ठ भन्दै थिए -म भ्याटमा कारोबार गर्छु । गोदाममा राखिएका सामान सबै ठीक छन् । मूल्य सूची राख्ने मेसिनको मसीमा खराबी भएको हो । यसमा मेरो गलत मनसाय केही छैन । प्याकेटमा मूल्य राख्दा बोराको मूल्य राख्ने गरेको छु । उनले हिजो प्याकेजिङ् गरिएका अजिनामोटोका प्याकेज देखाउँदै आफूलाई प्रमाणित गर्न खोजे ।

त्यस क्रममा प्लाष्टिकमा मूल्य प्रिन्ट गर्न लगाएर प्रिन्ट भएको अक्षर मेटिन्छ कि मेटिन्न परीक्षण गरियो । हिजो खुसिवुमा भेटिएको प्याकेट र आज प्रिन्ट गरिएका प्याकेटको मेटिने अवस्था उस्तै भेटियो । कायस्थलाई खाद्य अनुज्ञा पत्र लिन, व्यवसाय स्थलमा परिचय पाटी राख्न, ढक तराजु राख्न, नमेटिने गरी मूल्यको लेवल राख्न निर्देशन दिएर टोली फर्कियो ।

कायस्थका अनुसार उनी महिनामा करिब ५ हजार किलोग्राम अजिनामोटो बिक्री गर्छन् । काठमाडौंमा उनी जस्तै १० जना व्यापारी छन् । ती व्यापारीले कायस्थभन्दा धेरै व्यापार गर्छन् । यस हिसाबले हेर्दा काठमाडौंमा मासिक ५० हजार किलोग्रामभन्दा धेरै अजिनामोटो खपत हुन्छ । महानगरले खाद्य, तरकारी र फलफुलको नियमित बजार अनुगमन गरिरहेको छ ।

कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीले बजारको प्रणाली पछ््याएर मूल समस्या भएको ठाउँमा पुग्ने प्रयासमा रहेको बताए । अनुगमनमा रहेका उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेना अनुगमन प्रभावकारी बन्दै गएको महसुस गरेको र यसका उपलब्धिबाट सिकेर नयाँ रणनीति बनाउँदै बजार नियन्त्रण गर्नुपर्ने बताउँछन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत, सरकारी र निजी गरी एक सय ४८ वटा राखिने

  काठमाडौँ ।  लगानी बोर्डको ५८औँ बैठकले तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने,

कतारमा पानी निर्यातको अवसर बन्नसक्छ अमिरको नेपाल भ्रमण

  काठमाडौँ ।  नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने सम्भावना खोजिरहेका

सरकारले व्यवसायीको हकहितमा काम गर्नुपर्छ : सांसद शर्मा

काठमाडौं ।नेपाली कांग्रेसका सांसद डा सुनिलकुमार शर्माले सरकारले मुलुकका व्यवसायीहरुको हकहितमा काम गर्नुपर्ने

नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेन : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालले विश्वव्यापार संगठन (डब्लुटिओ)को सदस्यता