बजारमा अखाद्य बस्तु र कालाबजारीको विगविगी



काठमाडौं । काठमाडौंको तिनकुने तरकारी बजारका तीन जना व्यापारीको कारोबार रोक्का गरिएको छ । काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले गरेको अनुगमनका क्रममा आलुभित्र प्याज लुकाएर कालोबजारी गरेको पाइएपछि कारोबार रोक्का गरिएको हो ।

तरकारी व्यापारी विजेश गौतमले आलु भित्र २९ बोरा प्याज लुकाएर राखेको र उलक शब्जी भण्डारका सञ्चालक ज्योतीनाथ उलकले १३ बोरा प्याज लुकाएर राखेको भेटिएको अनुगमनमा गएका उपभोक्ताकर्मी माधव तिमल्सिनाले जानकारी दिए ।

त्यस्तै, दुलाल आलु भण्डारका सञ्चालकले बिल बिजक जारी नगरी प्रतिकेजी ७० रूपैयाँले किनेको प्याज १ सय ४० देखि १ सय ५० मा बिक्री गरेको पाइएपछि तीनै जना व्यापारीको कारोबार रोक्का गरिएको छ । अर्को निर्देशन जारी नभएसम्म तीनै जनाको कारोबार रोक्का गरिएको र अध्ययन अनुसन्धानको लागि ११ बजे विभागमा उपस्थित हुन भनिएको छ ।

भारतले प्याज निर्यात बन्द गरेलगत्तै नेपाली बजारमा व्यापारीहरुले प्याजको कृत्रिम अभाव सिर्जना गरेका छन् । बुधबार बल्खु, कालीमाटी लखनखेलमा पनि अनुगमन गरिएको थियो ।

लगनखेलमा आपूर्ति मन्त्री लेखराज भट्ट आफैं प्याज किन्न ग्राहक बनेर जाँदा ठगिएका थिए । त्यसपछि बजार अनुगमनलाई तीब्र पारिएको छ ।

यसैबीच, चावहिल चोक नजिकैको सावरिया होलसेल मार्टको गोदामबाट म्याद गुज्रेर बिक्री गर्न नमिल्ने अवस्थाका खाद्य सामग्री बरामद र नष्ट गरिएको छ । महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले वडा सदस्य कृष्णमणि भट्टराईको रोहवरमा सामान बरामद गरी नष्ट गरेको हो ।

नष्ट गरिएका खाद्य बस्तुमा ब्रिटानिया कम्पनीबाट उत्पादन भएका गुड डे ब्राण्डका परिकार, क्याटवरीका बोनबिटा, हर्लिक्स, क्वालिटीका वटर, वनवनजस्ता प्याकेजिङ् गरिएका खाद्य बस्तु छन् । पसलमा भेटिएका र उपभोग हुने मिति सकिएका लेज, कुरकुरे, लिची जुस, चिउरा, पिनट्स,, बकुल्लालगायत करीब १ लाख मूल्य बराबरका सामान बरामद गरेर नष्ट गरिएको कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारीले जानकारी दिए ।

उनकाअनुसार सुजी, जुस, चकलेट, सस चिल्ली, कर्नफ्लेक्स, बिस्कुट, चोकोजजस्ता खाद्य बस्तुसँगै सरफ, भाँडा माझ्ने पाउडर पनि बरामद गरिएको थियो । बरामद भएका सामान ट्रान्सफर स्टेशन पु¥याएर फोहोरमा मिसाइएको छ । गएको आइतबार बिहान यस पसलमा पहिलो पटक अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा खाद्य सामान भण्डारण हुने ठाउँमा म्याद गुज्रेका खाद्य सामान भेट्टाएपछि सामान बिक्रीमा रोक लगाइएको थियो । आज फेरि त्यही ठाउँमा पुगेर भण्डारमा म्याद गुज्रिएका सामान र म्याद भएका सामान छुट्याएर उपभोग गर्न नमिल्ने सामान नष्ट गराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘म यो घटनाको निर्दोष पात्र हुँ र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ’

काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले

एकीकृत समाजवादी सरकारबाट नबाहिरिने

काठमाडौं । नेकपा एकीकृत समाजवादी गठबन्धन सरकारबाट नबाहिरिने भएको छ । मंगलबार बसेको

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले लिए अनुमति

  काठमाडौँ । सन् २०२४ को वसन्त याममा सगरमाथा आरोहणका लागि चार सय

सुनिल पौडेललाई ९ वर्षको कैद र २३ करोड २६ लाख जरिवानाको फैसला

काठमाडौं । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई ९ वर्षको कैद सजाय