यसरी हुन्छ बजारमा प्याजको कालोबजारी, एक व्यापारी पक्राउ



काठमाडौं । बल्खु तरकारी बजारमा सञ्चालित एसके सप्लायर्य र चुली सगरमाथा टे«डर्सका संचालक सुनिल केसीलाई महानगरीय प्रहरी वृत्त कालीमाटीको जिम्मा लगाइएको छ । एकै व्यक्तिले दुईवटा फर्म दर्ता गरेर होलसेल र खुद्रा व्यापार गरेको, उनकै होलसेलमा करिब २१९ बोरा प्याज हुँदाहुँदै खुद्रा पसलमा छैन भनेर बिक्री नगरेपछि उनलाई कालोबजारी गरेको आरोपमा आवश्यक कारवाही गर्न प्रहरीको जिम्मा लगाइएको हो ।

बुधबार बिहान करिब साढे ६ बजे महानगरको उपभोक्ता हित संरक्षण समितिका पदाधिकारी अनुगमनका लागि एसके सप्लायर्समा पुगेर प्याजको भाउ सोधेका थिए । व्यापारीले बिक्रीका लागि प्याज नभएको बताए । व्यापारी सुनाउँदै थिए —हिजो हामीले होलसेलमा १०० रुपैयाँ र खुद्रामा ११० रुपैयाँमा प्याज बिक्री गरेका थियौं ।

अनुगमनका क्रममा बजारकै नदीतर्फको भागमा सञ्चालित मिट मार्टको छेउमा करीब २०० बोरा प्याज भण्डार गरिएको भेटिएको थियो । शुरुमा सामानको स्वामित्व कसैले लिएनन् । पछि सुनिल केसीको सामान भएको जानकारी भयो । सोधखोज गर्दै जाँदा थाहा भयो — उनले चुली सगरमाथा टे«डर्स नामको होलसेलबाट यी सामान भण्डार गरेका रहेछन् । उता प्याज छैन भनिएको एस. के. टेडर्स पनि उनर्कै नाममा दर्ता भएको फर्म रहेछ । दुवै फर्मका सञ्चालक एकै व्यक्ति भएको कागजपत्र भेट्टाएपछि थाहा भयो—उनले खुदा्र व्यापार गर्न एसके ट्रेडर्स र होलसेल व्यापारका लागि चुली सगरमाथा दर्ता गरेका रहेछन् । उनले हिजो ११० मा खुद्रा पसलबाट बिक्री गरेको भन्ेको प्याज भदौ ३० गतेको बिलमा ६८ रुपैयाँमा बिक्री गरेका थिए ।

बजारमा प्याज नभएको मौका पारेर भएको प्याज पनि नबेचेको, आफ्नै होलसेलबाट ६८ रुपैयाँमा खरिद गरेको प्याज खुद्राबाट ११० मा बेचेको एकिन भएपछि उनलाई स्थानीय प्रहरी, बजारका व्यवस्थापकको रोहवरमा मुचुल्का तयार पारेर प्रहरीलाई बुझाइएको हो । यस क्रममा केसी भन्दै थिए—गल्ती हो । तर एक्लैले कानुन पालना गर्छु भन्दा ग्राहकबिनाको एक्लो व्यापारी होइन्छ । मैले व्यवहारिक रुपमा यसो गरिन भने कसरी बचिन्छ र ?

अहिले काठमाडौंको खुद्रा बजारमा प्याजको भाउ १५० रुपैयाँसम्म पुगेको छ । अनुगमनका क्रममा बाफलबाट बल्खु आएकी खुद्रा व्यापारी रमिला महत अनुगमन समितिसँग सोध्दै थिएन् । सर आज प्याज किन्न नपाइने हो ? उनले गुनासो गरिन्—व्यापारीहरुको प्याज छ तर अरुलाई बेचिसकेको भनेर हामीलाई बेच्न मान्दैनन् । बजारमा प्याजको किन्न नपाउने उनी मात्र होइनन् । कीर्तिपुर, नयाँ दोबाटोबाट आएका अनिल बिष्ट पसल नम्बर १११ मा रहेकी व्यापारी सरोजा राणालाई देखाएर भन्दै थिइन् ।

उनी दिदीकोमा प्याज छ तर, आफ्ना ग्राहकलाई मात्र बेच्ने भनेर मलाई बेच्नु नै हुन्न । यो गुनासो गर्दा गर्दै उनले कालोबजारी गर्नेलाई कारवाहीको माग गर्दै अनुगमन समितिलाई सम्बोधन गरेर निवेदन दिइन् । उनको गुनासो सुनेपछि व्यापारी सरोजा भन्दै थिइन्—मैले नियमित सामान दिने गरेका ग्राहकलाई राखिदिएन भने उनीहरु मेरामा सामान किन्न आउँदैनन् । मैले त अरु दिन पनि त व्यापार गर्नु परो नि । उनी प्रतिकिलो १०० रुपैयाँमा प्याज बिक्री गर्दै थिइन् ।
त्यसपछि अनुगमन समिति प्याज आयात मूल्यको जाँच गर्न कलंकीबाट थानकोट जाने सडक खण्ड ढुङ्गेअड्डा पुग्यो । करिब ४५ मिनेट त्यहाँ रहँदा प्याज बोकेका कुनै पनि ढुवानीका साधन भेटिएनन् ।

त्यसपछि टोली कालीमाटी तरकारी बजार आयो । बजारले आज प्याजको भाउ ११७ देखि १२० रुपैयाँसम्म भएको सूची सार्वजनिक गरेको छ । यो सूची देखाएर व्यापारीहरु कालीमाटीले बेच्न पाउने हामीले किन नपाउने भनेर प्रश्न गरिरहेका छन् । व्यापारीको यो आवाज समितिले कालीमाटी तरकारी तथा फलफुल बजार बिकास समितिका कार्यकारी निर्देशक बिनोदकुमार भट्टराई सुनायो । यसको उत्तरमा भट्टराईले भने—यो मूल्य निर्धारण होइन । बजारमा आज भएको किनबेचको अवस्था हो । यसलाई हामीले सार्वजनिक गरिदिएका हौं । यो सूचनका आधारमा सरोकारवालाले अनुगमन र नियमन गर्न सकुन् भन्ने हाम्रो चाहना हो ।

बजारमा देखिएको यो अव्यवस्थालाई पूर्ण निगरानी गर्छौ । अनुगमनपछिको प्रतिक्रियामा समितिकी संयोजक एवं महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले भनिन्—आयातमा कम भएको हुन सक्छ तर त्यही निहुँमा बजारमा भाउ बढ्ने अवस्था होइन । मौकाको फाइदा उठाउनेहरुमाथि हाम्रो निगरानी निरन्तर रहन्छ ।

अनुगमनमा क्रममा खाद्यबस्तुमा दाल, चामल, गेडागुडी, पानीसहित पेय बस्तु, तरकारी र फलफुलको गुणस्तर, मूल्य र बजार सहजताको अवस्था हेरिरहका छौं । कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारी भन्छन्—ठाउँठाउँमा सुधार गर्नुपर्ने अवस्था छ ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

तत्काल कानून बनाएर सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया