सुनको मूल्यमा व्यापक गिरावट, एकैदिन तोलामा ६ हजार २ सय रुपैयाँ घट्यो



काठमाडौँ । बुधबार सुनचाँदीको मूल्यमा व्यापक गिरावट आएको छ । बुधबार एकै दिन सुनको मूल्य तोलामा ६ हजार २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि मंगलबार सुन एक लाख एक हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ९ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्यमा पनि ठूलो गिरावट आएको छ । महासंघका अनुसार बुधबार चाँदी प्रतितोला २२५ रुपैयाँले घटेर १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य एक हजार ४३५ रुपैयाँ प्रतितोला रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘रिपब्लिक डे अफर’ मा विशेष छुट सुविधा

काठमाडौं । नेपाल टेलिकमले कम्पनीले गणतन्त्र दिवस २०८१ को अवसरमा आफ्ना ग्राहकलाई लक्षित

सहकारी पीडितहरुले थाले धर्ना, रिले अनशन र प्रदर्शन, बचत फिर्ताको माग

काठमाडौँ । सहकारी पीडितहरुले काठमाडौंमा विरोध र्याली निकालेका छन् । आफूहरुको बचत फिर्ता

नेप्सेमा झिनो अंकको बृद्धि

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से सामान्य बढेको छ ।

निगमसहित १५ सरकारी संस्थान घाटामा

काठमाडौँ । नेपाल वायुसेवा निगमसहित १५ वटा सरकारी संस्थान मुनाफा आर्जन गर्न असफल