सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख तीन हजार ४ सय रुपैयाँ कायम



काठमाडौं । कोरोना संक्रमणको महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा शुक्रबार पनि अप्रत्याशित रूपमा बढेको छ ।

बिहीबार प्रतितोला एक लाख दुई हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार एक हजार एक सय रुपैयाँले वृद्धि भएको छ । बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला एक लाख तीन हजार ५ सय रुपैयाँ कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य एक लाख तीन हजार निर्धारण भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार चाँदीको मूल्य ६० रुपैयाँले बढेको छ । एक तोला सेतो धातुको मूल्य एक हजार ४०५ रुपैयाँ निर्धारण भएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० रुपैयाँले बढेर ८७ हजार पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २,०६१.५१ र सोही परिमाणको चाँदीको मूल्य २८.४९ अमेरिकी डलर कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौँ । ठूला पूर्वाधारमा लगानी जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई दिवसीय तेस्रो लगानी

अमेरिकी राजदूतले भने-स्वदेशी तथा विदेशी लगानी बढाउन नेपालको नीतिमा स्पष्टता जरुरी छ

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै पनि मुलुकको आर्थिक

विद्युत् उत्पादनको लक्ष्य प्राप्ति गर्न १२ वर्षमा  ६१ खर्ब लगानी आवश्यक

  काठमाडौँ ।  ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे टु प्रोस्पेरिटी’ विषयक प्राविधिक

लगानी सम्मेलनमा ५५ देशका लगानीकर्ता आउने

  काठमाडौँ ।  आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका लागि स्वदेश