महासंघको केन्द्रीय समितिले निर्णय गर्नुपर्ने विषय पदाधिकारी बैठकले गरेकोमा ढकालको आपत्ति



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघ नेतृत्वबिहीन बनेको र विधिविधानको परिपालना हुने छोडेको आरोप लगाएका छन् ।

साउन २६ र २७ को साधारणसभा र निर्वाचन महासंघको पदाधिकारीको बैठकले स्थगित गर्ने निर्णय गरेपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै ढकालले चर्को असन्तुष्टि व्यक्त गर्दै महासंघमा विधि विधानको पालना हुन छोडेको आरोप लगाएका हुन् ।  जटिल परिस्थितिमा महासंघलाई सबल, सक्षम र गतिशील नेतृत्वको आवश्यकता रहेको आवाज उठाउँदा पदमा पुग्न हतार गरेको आरोप लगाउने काम भएको उनले बताए ।

ढकालले महासंघको केन्द्रीय समिति बैठकले निर्णय गर्नुपर्ने विषय हतारहतार पदाधिकारी बैठकले गरिएको भन्दै त्यसमा आफ्नो फरक मत रहेको पनि बताए । आफू अहिले पनि उपाध्यक्ष रहेकोले चैतमा निर्वाचन भए पनि आफूले निभाउने भूमिकामा धेरै फरक नपर्ने स्पष्ट पारे ।

यसअघि बिहीबार बसेको महासंघको पदाधिकारी बैठकले कोरोना महामारीको जोखिम देखाउदै साउन २६ र २७ गतेका लागि प्रस्तावित ५४ औँ साधारणसभा स्थगित गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

  मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ ।

काठमाडौंको नक्सालस्थित हिलटन होटल संचालनमा

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा शुक्रबारदेखि सञ्चालनमा आएको हिल्टन होटलले

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत मिल्नु राम्रो कुरा होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा शुक्रबार सार्वजनिक मौद्रिक नीतिले