नेपाल टेलिकमका कर्मचारी धर्नामा, व्यवस्थापनले स्वेच्छाचारी रवैया देखाएको आरोप



काठमाडौं । नेपाल टेलिकममा कार्यरत कर्मचारी युनियनको संयुक्त संघर्ष समितिले टेलिकम व्यवस्थापनमा स्वेच्छाचारी रवैया देखापरेको भन्दै आन्दोलन सुरु गरेका छन् । टेलिकमका कर्मचारी संगठनहरुले संयुक्त रुपमा बाह्य हस्तक्षेप र व्यवस्थापनको ढिलासुस्तीका कारण नेपाल टेलिकम गम्भीर मोडमा पुगेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गर्न केन्द्रीय कार्यालय भित्रै धर्ना दिएका हुन् ।

९२ प्रतिशत सरकार र ८ प्रतिशत कर्मचारी तथा सर्व साधारणको शेयर रहेको टेलिकममा बाह्य हस्तक्षेप आन्तरिक ढिलासुस्तीका कारण समस्या उत्पन्न हुन थालेको कर्मचारीहरुको भनाई छ । उनीहरुले समय अनुसार सेवा विस्तार नभएको, गुणस्तर सुधारमा ध्यान नदिएको र व्यवसायिक क्षमता अभिवृद्धि तर्फ समेत ध्यान नदिँदा कम्पनीमा नकारात्मक संकेत देखिन थालेको आरोप लगाएका छन् ।

नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष यादवप्रसाद पनेरुले पछिल्लो समय राजस्व घटेको, कर्मचारीको वृत्तिविकासमा संकुचनको अवस्था आएको र सरकारले मोबाइल सेवाको नविकरणमा विभेद गरेको भन्दै बाध्य भएको आन्दोलन गर्नु परेको बताए ।

नविकरण दस्तुर वैज्ञानिक बनाउनु पर्ने, संस्थाको आन्तरिक सवलीकरणका लागि कम्पनी पुनर्संरचना गर्नुपर्ने र वृत्ति विकासको अवसर रहने गरि लागू गर्नुपर्ने माग उनीहरुको छ । सरोकारका बिषयमा सरकारलाई बारम्बार जानकारी गराउँदा समेत अहिलेसम्म कुनै निर्णय हुन नसकेको उनीहरुको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ऊर्जामा ठूला आयोजना सुरु हुने, कूल जडित क्षमता ४५ सय मेगावाट पुग्ने

    काठमाडौँ । आगामी आर्थिक वर्षमा मुलुकको राष्ट्रिय प्रणालीमा चार हजार पाँच

भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना सञ्चालन गरिने

काठमाडौँ । सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन

प्रदेश र स्थानीय तहका लागि पाँच खर्ब ६७ अर्ब बजेट विनियोजन

काठमाडौँ । सङ्घीय सरकारबाट हुने वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँटबाट आगामी आर्थिक वर्ष

अर्थतन्त्रको संरचनागत सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव कार्यदल गठन गरिने

  काठमाडौँ  । सरकारले आगामी आर्थिक वर्ष २०८१//८२ को बजेटका पाँच उद्देश्य, पाँच