होटलमा कार्यरत कर्मचारीलाई अब बढीमा दश हजार तलब



काठमाडौं । कोरोना महामारीका कारण होटल व्यवसाय लामो समयदेखि बन्द रहेकाले त्यहाँ कार्यरत कर्मचारीलाई अब बढीमा १० हजारसम्म तलब दिने सहमति भएको छ । होटल संघ नेपाल र पर्यटन तथा होटल क्षेत्रमा क्रियासिल मुख्य तीन वटा केन्द्रीय ट्रेड युनियन संघकाबीच आइतबार यस्तो सहमति भएको हो ।

श्रम ऐन कानुन बमोजिम सेवा सुविधा उपलब्ध गराउन कठिन भएकाले श्रमिक तथा कर्मचारीको व्यवस्थापनका लागि डिसेम्बर ३१ सम्म लागु हुने गरी होटलको अवस्था अनुसार बढीमा १० हजार र कममा ४ हजार ३ सय रुपैयाँसम्म प्रदान गर्ने सहमति भएको हो । कोरोना कहरले होटल पूर्ण रुपमा बन्द रहेकाले होटल संघ नेपालका सदस्य होटलहरूको आम्दानी शून्य हुन गएकाले ‘बाँचौं र बचाऔं’ को नीति अनुरुप कर्मचारीको तलब कटौति गरिएको जनाइएको छ ।

होटल संघ नेपालका अध्यक्ष सृजना राणा, नेपाल स्वतन्त्र होटल मजदुर युनियनका तर्फबाट अध्यक्ष सूर्य कुँवर, अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरेन्ट मजुर संघको तर्फबाट अध्यक्ष माधव पाण्डे र नेपाल पर्यटन तथा स्वतन्त्र होटल सम्बद्ध श्रमिक संघका तर्फबाट अध्यक्ष खेमराज खड्कालगायतका सरोकार वाला निकायले उक्त निर्णय गरेका हुन् । यो सहमति अप्रिल १३ देखि डिसेम्बर ३१ सम्म लागू हुने बताइएको छ। सहमति भए अनुसार डिलक्स पाँचतारे (दुईसयभन्दा माथि कोठा भएको) होटल तथा सोहि स्तरको रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूलाई मासिक १० हजार रकम उपलब्ध गराइनेछ ।

दुई सय कोठाभन्दा कम भएको पाँचतारे होटल तथा सोहि स्तरका रिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीलाई मासिक ९ हजार रकम उपलब्ध गराइने उल्लेख छ । सय कोठाभन्दा बढी भएको चार तारे होटल तथा सोही स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीलाई मासिक ८ हजार ४ सय ५५ रुपैयाँ उपलब्ध गराइनेछ । दुई तारे तथा सोहि स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीले मासिक ४ हजार ३ सय रकम पाउने छन्। यस्तै एक तारे र पर्यटक स्तरीय होटल तथा रिर्सोटमा कार्यरत कर्मचारीले भने आपसी समझदारीमा तलब पाउने उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

  मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ ।

काठमाडौंको नक्सालस्थित हिलटन होटल संचालनमा

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा शुक्रबारदेखि सञ्चालनमा आएको हिल्टन होटलले

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत मिल्नु राम्रो कुरा होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा शुक्रबार सार्वजनिक मौद्रिक नीतिले