कांग्रेसद्वारा कोरोनाले पर्यटन क्षेत्रमा पारेको प्रभावका सम्बन्धमा पर्यटन व्यवसायीसँग छलफल



काठमाडौं । नेपाली कांग्रेसले गठन गरेको कोरोना अनुगमन समितिले कोरोनाले पर्यटन क्षेत्रमा पारेको प्रभावका सम्बन्धमा पर्यटन व्यवसायीसँग छलफल गरेको छ । कांग्रेसले गठन गरेकोे कोरोना अनुगमन समितिले शुक्रबार कोरोनाका कारण पर्यटन व्यवसायमा परेका समस्या तथा समाधानका विषयमा केन्द्रित रहेर छलफल गरेको हो ।

छलफलमा नेपाली कांग्रेसका वरिष्ठ नेता तथा कोभिड–१९ अनुगमन समितिका संयोजक प्रकाशशरण महतले कोरोनाले पर्यटन क्षेत्रमा पारेको प्रभावका सम्बन्धमा पर्यटन व्यवसायीसँग छलफल गरेर यर्थाथ सुचना संकलन गरी सरकारलाई खबरदारी गर्ने उद्देश्यले छलफल गरिएको जानकारी दिए ।

त्यस्तै छलफलमा होटल एसोसिएसन नेपाल (हान)का वरिष्ठ उपाध्यक्ष विनायक साहले होटलका कर्मचारी जोगाउन भएपनि सरकारले विशेष व्यवस्था गर्न आवश्यक रहेको बताए । छलफलमा सहभागी अन्य पर्यटन व्यवसायीले नीति तथा कार्यक्रममा सरकारले सौतेनी व्यवहार गरेको आरोप लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आवेदन दिने सबैलाई सीप सिकाउँदै काठमाडौं महानगरपालिका

  काठमाडौँ । गत वैशाख १९ गतेदेखि काठमाडौँ महानगरपालिकाले आयोजना गरेको सीप मेलामा

राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत खनालद्वारा पदभार ग्रहण

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले शुक्रबार

ताप्लेजुङको टिप्ताला नाका खुला

फुङ्लिङ (ताप्लेजुङ । ताप्लेजुङको टिप्ताला नाका आजदेखि खुला गरिएको छ । नेपाल–चीनको सीमानामा

व्यावसायिक चियाखेतीसँगै पर्यटन प्रवर्द्धनमा भोजपुरका रञ्जित

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–३ का ३५ वर्षीय रञ्जित गिरी चियाखेतीमा लागेको एक