बजेट तथा कार्यक्रम, विनियोजन विधयेक र समितिका प्रतिवेदन पारित गर्दै महानगरको सातौं अधिवेशन सम्पन्न



काठमाडौं । काठमाडौं महानगरको सातौ अधिवेशनको चौथो बैठकले बिनियोजन बिधेयक र बार्षिक बजेट तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ । बैठकको अन्त्यमा सभा सकिएको जानकारी गराउँदै सभाका अध्यक्ष एवं महानगरका मेयर बिद्यासुन्दर शाक्यले सदस्यहरुले दिएका सुझाव समेटेर संशोधनसहित बिधेयक सर्वसम्मतिले स्वीकृत गरेको जानकारी दिए । बैठकको कार्यसूचीमा बिबिधसहित ६ वटा बिषय समावेश थिए । पहिलो सूचीमा आ. व. २०७७/०७८ को बार्षिक बजेट तथा कार्यक्रम उपर छलफल गर्ने र पारित गर्ने थियो भने दोश्रोमा बिनियोजन बिधेयकमाथि दफावार छलफल गरी पारित गर्ने थियो ।

यी कार्यसूचीमा नगर सभाका २० जना सदस्यले आफ्ना धारणा राखेका थिए । यसरी राखिएका धारणाहरुमा — वडास्तरीय योजनासहित काठमाडौंंको समृद्धिका लागि पहिचानयुक्त र कलात्मक योजना हुनुपर्ने, भौतिक समृद्धि, सामाजिक र आर्थिक विकास, विपद् व्यवस्थापन र वातावरणीय सुधारका लागि सन्तुलित कार्यक्रम हुनुपर्ने जस्ता बिषयमा केन्द्रीत थिए । यसै गरी योजनाका पुग्ने रकम छुट््याउनु पर्यो, सम्पदाका नाम सच्याउनु प¥यो, सामुदायिक बिद्यालयमा दरबन्दी मिलान गर्नुपर्यो, पार्क निर्माणमा रकम थप गरिदिनुपर्यो, योजना दोहोरिए हटाउनु प¥यो, वडा समितिबाट पठाएका योजना समेटिएनन्, थप गर्नुपर्यो जस्ता धारणा राखिएका थिए ।

केन्द्रीय योजना र वडास्तरीय योजनाको एकीकृत प्रारुप वडालाई थाहा हुनुपर्ने, वडा भवनका लागि जग्गा प्राप्त हुनुपर्ने, सडक तथा ढल निर्माण र खानेपानी प्रणालीको सुधारलाई प्राथमिकता दिनुपर्ने, विद्युतीय शवदाह गृह निर्माण, परम्परागत चिहानको सुधार र स्तरोन्नति, सिँढी, पर्खाल निर्माण, कालोपत्रे र ढलानका योजनालाई पनि नगर सभा सदस्यहरुले प्राथमिकताका साथ उठाएका थिए ।

कर्मचारी समायोजन गरेर उनीहरुको आत्मबल उच्च बनाउनु पर्ने, आपसी सन्बन्ध राम्रो बनाएर प्रशासन र सेवा प्रणालीलाई सुधार गर्नुपर्ने, सहरी स्वास्थ्य सुधार, जेष्ठ नागरिक, महिला र बालबालिकाका लक्षित कार्यक्रम, समावेशिता, सहभागिता र पहुँचयुक्तताको बिषयमा पनि धारणा राखिएका थिए ।

सभा समापन अवसरमा सभाका उपाध्यक्ष तथा महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले भनिन् — सामुहिक प्रयत्नले मात्र परिणाम ल्याउन सकिने भएकोले स्वीकृत कार्यक्रमलाई सबैले अपनत्व गरेर कार्यान्वयनमा लाग्नुपर्छ ।

असार ४ गते महानगरको सातौं अधिवेशन शुरु भएको थियो । त्यस दिन मेयर शाक्यले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । त्यसै दिनको दोश्रो बैठकमा नीति कार्यक्रममा छलफल गरिएको थियो ।

असार १० गते आयोजना गरिएको अर्को बैठकमा मेयर बिद्यासुन्दर शाक्यले आर्थिक बिधेयक र उपमेयर खड्गी श्रेष्ठले बजेट र बिनियोजन बिधेयक पेश गर्नुभएको थियो ।

असार १८ गते तेश्रो बैठकले आर्थिक बिधेयकमाथि छलफल गरी पारित गरेको थियो । त्यस्तै असार २१ गतेको बैठकले बजेट तथा कार्यक्रम, बिनियोजन बिधेयकमाथि छलफल गरेको थियो ।

बैठकको तेश्रो, चौथो र पाँचौं कार्यसूचीमा लेखा, न्यायिक र शुशासन समितिको बार्षिक प्रतिवेदन पेश गर्ने छलफल गर्ने र पारित गर्ने थियो । छैटौं सूचीमा बिबिध थियो ।

यसै सूचीअनुसार सभामा लेखा समितिका संयोजक धु्रबप्रसाद त्रिपाठीले, न्यायिक समितिका तर्फबाट सदस्य सरोज ढकालले र शुशासन समितिकातर्फबाट संयोजक हुमादेवी आचार्यले प्रतिवेदन पेश गरेकी थिइन् । समितिबाट पेश गरिएको प्रतिवेदन सभाले पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मधेश प्रदेशमा १० महिनामा करिब १९ प्रतिशत खर्च

जनकपुरधाम । मधेश प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा १८ दशमलव आठ प्रतिशतमात्र

दिगो विकासका पहलहरूमा निजी क्षेत्रको भूमिका महत्वपूर्णः अध्यक्ष ढकाल

काठमाडौँ ।  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जलवायु वित्तीय व्यवस्थापन र

पोर्चुगलमा नेपाली रेष्टुराँलाई अन्तर्राष्ट्रिय अवार्ड

  लिस्बन (पोर्चुगल) ।  इटालियन सेफका रुपमा युरोपमा प्रख्यात बागलुङका टङ्क सापकोटाले पोर्चुगलमा

चीनको ग्वान्जाओमा नेपालको पर्यटन प्रवर्द्धन

काठमाडौँ ।  छिमेकी मुलुक चीनको सहर ग्वान्जाओमा नेपालको पर्यटन प्रवर्द्धन  गरिएको छ । नेपाल