लकडाउनको अवधिमा पर्यटन क्षेत्रमा ४१ अर्बको क्षति हुने अनुमान



काठमाडौं । संस्कृति पर्यटन नागरिक उड्डयन मन्त्रालयले लकडाउनको अवधिमा पर्यटन क्षेत्रमा ४१ अर्बको क्षति हुने अनुमान गरेको जनाएको छ । चैत ११ देखि हालसम्मको प्रगति विवरण शुक्रबार सार्वजनिक गर्दै मन्त्रालयले पर्यटन बोर्ड र नागरिक उड्डयन प्राधिकरणले गरेको अध्ययनअनुसार मासिक १० अर्ब क्षति भएको अनुमान गरिएको जनाएको हो ।

हालसम्म ३४ अर्ब क्षति भएकोमा साउन ७ सम्मको लकडाउनमा थप ७ अर्व खर्च भई कुल ४१ अर्ब क्षति हुने अनुमान गरिएको पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिए । मन्त्रालयले हवाइ क्षेत्रमा भएको नोक्सानीको विवरण अर्थ मन्त्रालयमा पठाएको जनाएको छ । जसअनुसार पुनर्कर्जाका लागि पाँच प्रतिशत ब्याज दरमा कोषबाट ऋण दिने व्यवस्था भएको, होटलको लागि भ्याट दाखिला गर्ने समयावधि २ महिनाबाट बढाएर चार महिना पुर्याएको लगायत छन् ।

मन्त्रालयले लकडाउनको समयमा पर्यटन क्षेत्र ठप्प भए पनि उद्धार र विकासका कामलाई निरन्तरता दिएको बताएको छ । पर्यटनमन्त्री भट्टराईले पर्यटन क्षेत्र खोल्ने बिषयमा निजी क्षेत्रका व्यवसायीसँग छलफल भइरहेको बताए । मन्त्री भट्टराईले लकडाउनको समयमा विमानस्थलको कामले निरन्तरता पाएको जानकारी दिए ।

कोभिड १९ को प्रतिकूलका बाबजुद राष्ट्रिय गौरवका आयोजनाहरूमध्ये पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लकडाउनको अवधिमा पनि निर्माणका कामहरूलाई निरन्तरता दिइएको मन्त्री भट्टराईले बताए ।

उनले पर्यटन बोर्डको समन्वयमा चैत ११ गतेदेखि देशभर लकडाउन भएको कारण नेपालभित्र अलपत्र परेका विदेशीहरूलाई हवाइ मार्गबाट ९५० र सडक मार्गबाट ८७९ विदेशी नागरिकलाई सडक यातायातमार्फत उद्धार गरिएको बताए । यस्तै, देशको अर्थतन्त्रलाई ध्यानमा राख्दै बजेटमार्फत ५० अर्बको पुर्नकर्जाका लागि कोष बनाइएको मन्त्रालयले जनाएको छ । पर्यटन क्षेत्रमा परेको असरलाई कसरी सम्बोधन गर्ने भनेर कोष बनाइएको मन्त्री भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव मित्रराष्ट्र कतारको राष्ट्रिय दिवसको अवसरमा बुधबार काठमाडौं आयोजित

जसपा नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन गरिएका छन्

पुँजीबजारको निष्पक्ष र पारदर्शी विकासका लागि प्रतिबद्ध रहेको सेबोन अध्यक्षको भनाई

काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले निष्पक्ष र पारदर्शी

अथतन्त्रमा लामो समयदेखि थुप्रिँदै गएका समस्या भएकाले आजको भोलि नै समाधान हुन सक्दैनः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकास आयोजना कार्यान्वयनका लागि तीन तहका