निजी उद्योग व्यवसायलाई नियमन गर्न अख्तियार आवश्यक छैनः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी उद्योग व्यवसायहरुलाई नियमन गर्ने बिभिन्न निकायहरु रहेको हुँदा यस क्षेत्रको अनियमितता र भ्रष्टाचार हेर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग हाल आवश्यक नरहेको बताएका छन् ।

नेपाल उद्योग परिसंघको काठमाण्डौंमा जारी १७औं बार्षिक साधारणसभालाई भर्च्युअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले महामारीबाट उत्पन्न समस्या साझा भएको र यसको समाधान पनि साझा प्रयासबाट सम्भव हुने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले कोभिड १९ का कारण बैदेशिक रोजगारीबाट फर्केका लाखौं युवायुवतीहरुका लागि रोजगारीका अवसर सृजना गर्नुपर्ने आवश्यकता पैदा भएको बताए ।

उनले कोरोना भाइरस महामारीका कारण अर्थतन्त्र स्वास्थ्य शिक्षा लगायत राष्ट्रिय जीवनका बिभिन्न पक्षमा परेका प्रभावहरु कम गर्न सरकार प्रयासरत रहेको पनि उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

आर्थिक गतिविधिमा आएको समस्याका कारण बैंकिङ प्रणालीको कर्जा असुली दबाबमाः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकको २०८० साल

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

बजेटमा कर्णाली प्रदेशलाई विशेष प्राथमिकतामा राख्न अर्थमन्त्रीसँग मुख्यमन्त्री कँडलको माग

  काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीय सरकारका अर्थमन्त्री वर्षमान