४० वर्षयता कृषि क्षेत्रलाई विगार्नेमात्र काम भयोः कृषिमन्त्री भुसाल



काठमाडौं ।  कृषि तथा पशुपंछी विकास मन्त्री घनश्याम भुसालले ४० वर्ष यता कृषि क्षेत्रलाई राम्रो भन्दा पनि विगार्ने काम मात्रै भएको बताएका छन् । राष्ट्रिय धान दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भुसालले ३०/४० वर्ष यता मेहनत गरेर राम्रो बनाउनुपर्नेमा कृषि क्षेत्रलाई ध्वस्त पार्ने काम भएको बताएका हुन् ।

उनले कृषि विकासका लागि भाषण गर्ने, ठेक्का पट्टा गर्ने, विभिन्न परियोजना ल्याएर विगार्ने काम गरिएको बताए । उनले लामो समयसम्म विगार्दै आएको कृषि व्यवस्थालाई सुधार्न अझै केही समय लाग्ने बताए ।

देशमा औद्योगिक उत्पादन बढाउने प्रयत्न गर्दा र कृषि वस्तुको व्यवस्थापन बजारलाई छाड्दा कृषि व्यवस्था र प्रणाली नै विग्रेको मन्त्री भुसालले बताए । उनले किसानका परम्परागत ज्ञान र सीपलाई विकास गर्न नसक्दा पनि नेपालको कृषि क्षेत्र पछाडि परेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुँजीबजारको निष्पक्ष र पारदर्शी विकासका लागि प्रतिबद्ध रहेको सेबोन अध्यक्षको भनाई

काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले निष्पक्ष र पारदर्शी

अथतन्त्रमा लामो समयदेखि थुप्रिँदै गएका समस्या भएकाले आजको भोलि नै समाधान हुन सक्दैनः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकास आयोजना कार्यान्वयनका लागि तीन तहका

तनहुँको घिरिङ र बन्दीपुरमा दुई सबस्टेसन सञ्चालन

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाले स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका–४ र

नेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौतामा हस्ताक्षर

  काठमाडौँ । नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी)बीच यान्त्रिक सिँचाइ नवप्रवर्तन