एक महिनाको घर बहाल छुट दिने घरधनीले दश प्रतिशत कर छुट पाउने



काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १६ अर्व ४२ करोड ७३ लाखको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की श्रेष्ठले सो रकम बराबरको बजेट नगरसभाको सातौँ अधिवेशनमा प्रस्तुत गरेकी हुन् । बजेटमा आर्थिक विकास क्षेत्रका लागि १७ करोड २३ लाख विनियोजन गरिएको छ । यो कुल बजेटको १ दशमलव ५ प्रतिशत हो । त्यसैगरी कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रको लागि १ अर्ब ७८ करोड २७ लाख ५० हजार विनियोजन गरिएको छ । यो कुल बजेटको १० दशमलब ८५ प्रतिशत हो । बजेटमा कोरोनाको असर त्यसको रोकथाम र यसवाट पर्नसक्ने प्रभावहरुको न्यूनीकरणका लागि विशेष कार्यक्रमहरु बजेट विनियोजनमा उल्लेख गरिएको छ ।

महानगरका लागि विशेष महत्व मानिने योजनाहरु महानगरको कार्यालय भवनको निर्माण, भर्टिकल पार्किंग भवन निर्माण, पर्यटन पदमार्ग विकास, सार्बजनिक जग्गा संरक्षण, पार्क निर्माण तथा हरियाली प्रवर्द्धन, नदी नियन्त्रण तथा कोरिडोर निर्माण, शहरी यातायात ब्यबस्थापन जस्ता कार्यक्रमहरुलाई बजेटमा प्राथमिकतामा राखिएको महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी दिए ।

त्यसैगरी महानगरले आगामी आर्थिक बर्षमा सम्पदा संरक्षण तथा सम्बद्र्धन र पूर्वाधार विकासलाई महत्व दिई बजेट बिनियोजन गरेको छ । महानगरबाट संचालित विकास कार्यक्रमको सुनिश्चितताको लाकि सुत्रमा आधारित बजेट प्रणाली, महानगरपालिकाको प्रशासनिक सुधार, मितव्ययिता र पारदर्शितापूर्ण कार्य प्रणाली, भ्रष्टाचारमा शून्य सहनशिलता जस्ता पारित नीति तथा कार्यक्रमहरुले महानगरले निर्धारित गरेका लक्ष्य हासिल हुने गरि बजेट बिनियोजना गरिएको उपप्रमुख हरिप्रभा खड्की श्रेष्ठले बताइन् ।

महानगरले कोरोनाको प्रभावका कारण करदाताहरुबाट असुल हुन बाँकी रहेको आर्थिक बर्ष २०७६/०७७ को सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा पुरै छुट दिएको छ । त्यसैगरी कोभिड–१९ का कारण महानगरबासीमा परेको प्रभावलाई मध्यनजर गरी आर्थिक बर्ष २०७७/०७८ को पुस मसान्तभित्र सम्पत्ति कर दाखिला गरेमा यस आर्थिक बर्षमा लाग्ने सम्पत्ति करमा दश प्रतिशत छुट दिने जनाएको छ । महानगरले कम्तिमा एक महिनाको घर बहाल छुट दिने घरधनीले छुट दिएको स्वघोषणा गरी आर्थिक बर्ष २०७६/७७ मा बुझाउनुपर्ने घर बहाल कर चुक्ता गर्न आएमा बार्षिक बहाल करमा दश प्रतिशत छुट गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बजेटमा कर्णाली प्रदेशलाई विशेष प्राथमिकतामा राख्न अर्थमन्त्रीसँग मुख्यमन्त्री कँडलको माग

  काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीय सरकारका अर्थमन्त्री वर्षमान

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ

नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध

  ललितपुर ।  काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु आर्थिक वर्षसम्मको