भरतपुर महानगरपालिकाको ४ अर्ब १५ करोड बजेट



चितवन । चितवनको भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ का लागि ४ अर्ब १५ करोड ६४ लाख ८९ हजार रुपैयाँ विनियोजन गरेको छ । महानगरको बुधवार आयोजित छैटौं नगरसभामा सो बजेट प्रस्तुत गरिएको हो ।

जसमध्ये ४८ करोड चालू खर्च रहेको छ । बजेट प्रस्तुत गर्दै महानगर उपप्रमुख पार्वती शाह ठकुरीले आम्दानीतर्फ अन्तर सरकारी अख्तियारीबाट ६० करोड, आन्तरिक आय ९० करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ६९ करोड २ लाख ३८ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँटबाट ४६ करोड १२ लाख ५१ हजार रुपैयाँ रहेको बताइन् ।

नीति तथा कार्यक्रममा आर्थिक, भौतिक, सामाजिक र वातावरणीय पूर्वाधार विकास गरी समुन्नत र सुदृढ महानगर बनाइ राष्ट्रको विकासमा टेवा पुर्याउने बजेटमा उल्लेख छ । बजेटमा आउँदो आर्थिक वर्षका लागि ११ वटा क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।

महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख रेणु दाहालले विश्व यतिबेला कोरोना भाइरसले ल्याएको संकट सामना गरिरहेको भन्दै मुलुक तथा महानगर पनि विपत्तिसँग जुधिरहेको बताइन् ।

महानगरपालिकामा हालसम्म १४ वटा ऐन, ६ वटा नियमावली, ६ वटा निर्देशिका, ३३ वटा कार्यविधि, चार वटा मापदण्ड तथा एक आचारसंहिता गरी ६४ वटा कानून निर्माण भई कार्यान्वयनमा आएको उनले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चालु आर्थिक वर्षमा १५ खर्ब ३० अर्ब रुपैयाँ बजेट खर्च हुने सरकारको अनुमान

  काठमाडौँ  चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय र व्ययको अनुमान दोस्रोपटक

आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्षका रुपमा घोषणा

  काठमाडौँ ।  सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ लाई आर्थिक सुधारको वर्ष घोषणा

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन LIVE

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को

कर्णाली प्रदेशको बेरुजु चार अर्ब पुग्यो

  कर्णाली । कर्णाली प्रदेशमा अनियमित ढङ्गले रकम खर्च गर्ने प्रवृत्ति बढेको देखिएको