अर्थतन्त्रका केही सबल पक्ष कायमै रहेको अर्थमन्त्रीको भनाई



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले कोभिड–१९ का कारण प्रभावित अर्थतन्त्रलाई क्रमशः गतिशील बनाउन निजी क्षेत्रलाई विश्वासमा लिएर प्रोत्साहन दिइने बताएका छन् । राष्ट्रियसभाको शुक्रबारको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७७ माथिको छलफलका क्रममा मन्त्री खतिवडाले भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणको अनुभवका आधारमा अगाडि जान सकिने भन्दै हाल मानवीय स्वास्थ्य समस्याबीच अर्थतन्त्रका केही सबल पक्ष कायमै रहेको बताएका हुन् ।

मन्त्री खतिवडाले कोरोना सङ्कट कति लामो समयसम्म रहन्छ र सरकारका लक्ष्य कति सरल वा छिटो ढङ्गले जान्छ भन्नेमा अर्थतन्त्रको विकासमा भरपर्ने उल्लेख गर्दै आगामी आर्थिक वर्षको राजश्वको शीर्षकगत बाँडफाँटअन्तर्गत राजश्व, भन्सार, अन्तःशुल्क, अन्य कर र गैरकरका प्रक्षेपणको विवरण अवगत गराए । सरकारले आगामी आर्थिक वर्षका लागि १० खर्ब ११ अर्बको राजश्वको लक्ष्यसहित त्यसको २९ दशमलब नौ प्रतिशत मूल्य अभिवृद्धि करबाट असूल गरिने विधेयकमा प्रस्ताव गरेको उनले जानकारी दिए ।

बैठकले सो विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत भएको छ । त्यस्तै बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७७ र ‘ऋण तथा जमानत (चौबीसौँ संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गरिएको छ । बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७ माथि विचार गरियोस’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । राष्ट्रियसभाको अर्को बैठक यही असार ८ गते अपराह्न १ बजे बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मधेश प्रदेशमा १० महिनामा करिब १९ प्रतिशत खर्च

जनकपुरधाम । मधेश प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा १८ दशमलव आठ प्रतिशतमात्र

दिगो विकासका पहलहरूमा निजी क्षेत्रको भूमिका महत्वपूर्णः अध्यक्ष ढकाल

काठमाडौँ ।  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जलवायु वित्तीय व्यवस्थापन र

पोर्चुगलमा नेपाली रेष्टुराँलाई अन्तर्राष्ट्रिय अवार्ड

  लिस्बन (पोर्चुगल) ।  इटालियन सेफका रुपमा युरोपमा प्रख्यात बागलुङका टङ्क सापकोटाले पोर्चुगलमा

चीनको ग्वान्जाओमा नेपालको पर्यटन प्रवर्द्धन

काठमाडौँ ।  छिमेकी मुलुक चीनको सहर ग्वान्जाओमा नेपालको पर्यटन प्रवर्द्धन  गरिएको छ । नेपाल