राष्ट्रऋण उठाउने विधेयक प्रतिनिधिसभाबाट पारित



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेका ‘राष्ट्रऋण उठाउने विधेयक २०७७’ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले ५ खर्ब २४ अर्ब ५० करोड रुपैयाँ राष्ट्रऋण उठाउने गरी सरकारले ल्याएको विधेयकलाई बहुमतले पारित गरेको हो ।

विधेयकमाथि दफावार छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै अर्थमन्त्री खतिवडाले जवसम्म कुल गार्हस्थ उत्पादनको ३० प्रतिशत भन्दा बढी राजश्व उठ्दैन तबसम्म ऋणमा भरपर्नुपर्ने अवस्था रहेको बताए । उनले सरकारको खर्च नै कुल गार्हस्थ उत्पादनको एक तिहाई रहेकाले ऋण उठाउनै पर्ने बताए । उनले कोरोनाको संक्रमण जोखिमको अवस्थाबाट आर्थिक गतिविधि समान्य अवस्थामा फर्किन नसकेको अवस्थामा सरकारले नै सक्रिय रुपमा बजारलाई चलायमान नबनाउने र आर्थिक क्रियाकलाप नबढाउने हो भने कठिन हुने बताए ।

उनले निजी क्षेत्रले धेरै आर्थिक क्रियाकलाप गरी समान्य अवस्था भन्दा माथि पुग्यो भने धेरै राजश्व उठ्ने र अनुमान गरेजति ऋण उठाउनु नपर्ने बताए । खतिवडाले आन्तरिक ऋणलाई पहिलोपटक कुन क्षेत्रमा खर्चगर्ने स्पस्ट गरेर मात्र उठाउने गरी व्यवस्था गरिएको बताए ।अन्तरिक ऋण उठाएको रकम फजुल खर्च वा अनावस्यक खर्चमा विनियोजन भए प्रश्न उठाउन आग्रह गरे ।

ऋण तिर्न सक्ने गरी उपयोग हुने ठाउँमा मात्रै ऋण रकमको उपयोग गर्ने प्रतिवद्धता अर्थमन्त्री खतिवडाले जनाए । छलफलमा सांसदहरुले देशको सञ्चालन खर्च समेत ऋण उठाएर गर्न नहुने भन्दै संशोधनको प्रस्ताव राखेका थिए । नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल र नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

सांसदहरुले सरकारले लिने ऋण कोभिडबाट असर परेको अर्थतन्त्र र कृषि उत्पादन बढाउने आयोजनामा मात्रै खर्च गर्नुपर्नेमा जोड दिएका छन् । ऋणको दुरुपयोग भएकाले उत्पादन नबढेको भन्दै सांसदहरुले ऋणको व्यवस्थापनमा सरकार अनुसाशित भएर काम गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंक र आईएफसीबीच जोखिम व्यवस्थापन सेवासम्बन्धी समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग

काठमाडौँ । उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी मान्यता दिन माग गरेका छन्

सरकारले तोक्यो चैते धानको मूल्य

काठमाडौँ ।  सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ ।  मन्त्रिपरिषद्को बिहीबारको बैठकले

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

  काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार भने उकालो