असार १ गतेदेखि काठमाडौंका सपिङ मल खोल्ने व्यवसायीको निर्णय



काठमाडौं । व्यवसायीहरुले काठमाडौ उपत्यकामा रहेका सपिङ मलहरु खुला गर्ने निर्णय गरेका छन् । शुक्रबार काठमाडौंमा बसेको विभिन्न १२ वटा सपिङ मलका व्यवसायीहरुको संगठनको बैठकले असार एक गतेदेखि खुला गर्ने एकतर्फी निर्णय गरेको हो । सरकारले लकडाउन खुकुलो बनाउदै सम्पूर्ण पसलहरु खुला राख्ने भने पनि सपिङ मलहरु भने तत्काल नखुलाउने बताएको थियो ।

व्यवसायीहरुले सरकारी निर्णय उचित नभएको भन्दै मलहरु खुला गराउने एकतर्फी निर्णय गरेका हुन् । उनीहरुले निर्णयको बोधार्थ तीनै जिल्ला प्रशासन कार्यालय, नेपाल उद्योग वाणिज्य महासंघलगायतलाई दिएका छन् । उनीहरुले सबै स्वास्थ्य सुरक्षात्मक उपाय अपनाएर खुला गर्ने निर्णय गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि १० वर्ष आयकर छुट दिने

काठमाडौँ । सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने

ठमेलमा खाना तथा हस्तकला मेला आयोजना

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि खाना तथा

प्राधिकरणको देवनगर सबस्टेसन र गोन्द्राङ–देवनगर ३३ केभी प्रसारणलाइन संचालनमा

काठमाडौँ ।  चितवनको देवनगर सबस्टेशन शनिबारदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ

हेटौँडा उपमहानगरद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन

  बाग्मती । मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा