सूचना चुहावट गरेको आरोप निराधारः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कर बढाउनु पहिले सूचना चुहावट गरेको भन्ने आरोप निराधार भएको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक बिधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै अर्थमन्त्रीले बजेट अघि नै विद्युतीय सवारी साधानको भन्सार दरको सूचना अर्थमन्त्रालयबाट नचुहिएको दाबी गर्दै इमान्दारिताको परीक्षा भइरहेको बताए ।

२० वर्षे लामो व्यावसायिक र राजनीतिक जीवनमा कुनै व्यावसायिक घरानाका लागि काम नगरेको र आगामी दिनमा पनि नगर्ने उनले बताए । उनले बजेट अघि विद्युतीय सवारी साधनको करको दर नचुहिएको बताउँदै समिति गठन गरेरै छानबिन गर्न आग्रह समेत गरे ।

खतिवडाले जेठ १ देखि १४ गतेसम्म ७५ वटा गाडी आयात भएको र १४ गते २ गाडीमात्र भन्सार पास भएकाले उक्त आरोप भ्रम भएको बताए । बैठकले “आर्थिक विधेयक, २०७७ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेका थिए । त्यस्तै “राष्ट्र ऋण उठाउने विधेयक, २०७७ र “ऋण तथा जमानत (चौबीसौं संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्” भनी प्रस्तावलाई पनि बैठकले स्वीकृत गरेको छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्वाहाङफेले “केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७ माथि विचार गरियोस्” भनी प्रस्तुत गरेको प्रस्तावलाई पनि स्वीकृत गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक जेठ ३१ गते शनिबार बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ

नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध

  ललितपुर ।  काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु आर्थिक वर्षसम्मको

स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका स्याङजा वालिङका शिव थापा व्यावसायिक रूपमा