अमेरिकाद्वारा ३० लाख अमेरिकी डलर सहयोग



काठमाडौं । अमेरिकाले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि थप सहयोग गरेको छ। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसइआईडी) मार्फत नेपाललाई कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि थप ३० लाख अमेरिकी डलर सहयोग गरेको हो । यसअघि अमेरिकाले मार्चमा १८ लाख डलर र अप्रिलमा २५ लाख डलर सहयोग गरेको थियो ।

‘संकटको यस्तो घडी नै कुनै पनि साझेदारीको सच्चा परीक्षा हो र यस कठिन घडीमा र त्यसपछिको समयमासमेत हामी अझै उत्थानशील, स्वस्थ, समृद्ध र आत्मनिर्भर नेपालको निर्माणप्रति प्रतिबद्ध छौं,’ अमेरिकी राजदूत ¥यान्डी बेरीलाई उदृत गर्दै विज्ञप्तिमा भनिएको छ, ‘थप सयोगसँगै युएसएआइडीको नयाँ कोभिड–१९ प्रतिकार्य सहायता घोषणा गर्दछु ।’ यस सहायतामार्फत युएसएआइडीले नेपालमा वर्तमान संकटका सहायक प्रभावहरूलाई सम्बोधन गर्न सधैं सहकार्य गर्न तत्पर रहेको जानकारी पनि दूतावासले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तोलामा दुई हजार सात सयले घट्यो सुनको मूल्य

  काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा मंगलबार गिरावट भएको छ ।

चैते धानप्रति दाङका किसानको आकर्षण बढ्दो

घोराही (दाङ) । दाङको बङ्गलाचुली गाउँपालिका–४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस वर्ष पनि

लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन

  काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सरकारले अबलम्बन गरेका राम्रा नीतिको निरन्तरताले मुलुकमा

क्यानद्वारा सोलुखुम्बुको महाकुलुङमा प्याराग्लाइडिङ परीक्षणको अनुमति

  काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले द बाबु एडभेञ्चर इन्टरनेशनल स्कुललाई