आगामी आर्थिक वर्षको शुरुवातमै माथिल्लो तामाकोशीको बिजुली प्रसारण लाइनमा जोडिने



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बर्षमान पुनले आगामी आर्थिक वर्षभित्र करीब एक हजार ३०० मेगावाट थप विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थप्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै ऊर्जामन्त्री पुनले आगामी आवमा सरकार तथा निजी लगानीबाट प्रवद्र्धित आयोजना सम्पन्न भई सो परिणामको विद्युत केन्द्रीय प्रसारणमा जोडिने बताएका हुन् ।

उनले माथिल्लो तामाकोशी जलविद्युत् आयोजना चालु आर्थिक वर्षमै सम्पन्न गर्ने लक्ष्य लिइए पनि कोरोना भाइरस सङ्क्रमणका कारण काममा अवरोध सिर्जना हुँदा तोकिएको समयमै सम्पन्न गर्न नसकिएको स्पष्ट पारे । आगामी आर्थिक वर्षको शुरुवातमै तामाकोशीको बिजुली प्रसारण लाइनमा जोडिने उनको भनाइ थियो ।

अन्तर्राष्ट्रिय लगानीमार्फत सार्वजनिक निजी साझेदारीमा तमोर, माडी, पश्चिम सेती र सुनकोशी÷३ आयोजनाको अध्ययन सम्पन्न गरी निर्माण अघि बढाइने उनको भनाइ थियो । विद्युत् आपूर्ति प्रणालीलाई प्रभावकारी र भरपर्दो बनाई देशभित्र भरपर्दो विद्युत् आपूर्तिको व्यवस्था गर्न प्रसारण लाइन निर्माणमा पर्याप्त विनियोजनसहित विशेष प्राथमिकता दिइएको उनले बताए ।

मन्त्री पुनले देशमा उपलब्ध जलस्रोतको विकास, व्यवस्थापन तथा उपयोगका लागि तीन तहका सरकार तथा उपयोगकर्ताबाट जलस्रोतको योजनाबद्ध रुपमा संरक्षण, विकास, व्यवस्थापन गरिने बताए ।

मन्त्री पुनले तराई–मधेशका सीमा क्षेत्रमा हुने कटान तथा डुबानलाई दिगो रुपमा न्यूनीकरण गर्न भारतसँगका द्विपक्षीय संयन्त्रलाई थप प्रभावकारी बनाइनाका साथै समस्याग्रस्त स्थलको नियमित रुपमा संयुक्त अनुगमन र निरीक्षण गरी समस्या समाधानका उपायको प्रभावकारी रुपमा कार्यान्वयन गरिने बताए ।

आगामी आर्थिक वर्षका लागि ऊर्जा मन्त्रालयलाई कुल ९९ अर्ब २९ करोड ४८ लाख बजेटमध्ये ऊर्जातर्फ ७२ अर्ब ६० करोड तीन लाख र जलस्रोत तथा सिँचाइतर्फ २६ अर्ब ६९ करोड ४५ लाख रुपैयाँ विनियोजन प्रस्ताव गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आर्थिक गतिविधिमा आएको समस्याका कारण बैंकिङ प्रणालीको कर्जा असुली दबाबमाः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकको २०८० साल

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

बजेटमा कर्णाली प्रदेशलाई विशेष प्राथमिकतामा राख्न अर्थमन्त्रीसँग मुख्यमन्त्री कँडलको माग

  काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीय सरकारका अर्थमन्त्री वर्षमान

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ